Rashtriya Dainik

नवलपरासीको सरावलमा बाेक्सि प्रथा विरुद्ध मन्चिय नाटक सम्पन्न

उमेश बि.क / नवलपरासी ,१ भदौ

पश्चिम नवलपरासीको सरमवल गाउँपालिका वडा नम्बर ५ दुबाैलियामा बाेक्सि प्रथा विरुद्ध मन्चिय नाटक सम्पन्न भएको छ।

अादर्श सम्बाद केन्द्र दुबाैलियाकाे अायाेजनामा तथा एबिसि नेपाल ,स्ट्राेम फाउन्डेसनकाे सहयोग र सरावल गाउँपालिकाकाे समन्वयमा बाेक्सि प्रथा विरुद्ध मन्चिय नाटक सम्पन्न भएको हाे।

अादर्श संवाद केन्द्रकाे संवाद सहयोग समिति अध्यक्ष धर्मराज सहानिकाे अध्यक्षता तथा सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा रायकाे प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा बाेल्दै उपाध्यक्ष रायले बाेक्सि प्रथा समाजिक अपराध रहेको बताउनु भएको हाे । बाेक्सि टाेना रुढीबादी परम्परा भएको हुनाले यसलाई मान्ने र कसैमाथि दाेषाराेपण लगाएकाे खण्डमा कानुनि सजायकाे भागिदार हुने बताउदै याे मानवीय अन्धविश्वास भएकोले बिरामी हुने बितिक्कै स्वास्थ्यकर्मीसंग सल्लाह लि अाैषधि उपचार गराउन अनुरोध गर्नुभएको हाे । मानवीय अन्धविश्वासकाे कारणले कतिपय ब्यक्ति अकालमा ज्यान गुमाइ रहेकोले यसमा नलाग्न अनुरोध समेत गर्नुभएको हाे।

कार्यक्रममा सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेल,वडा नम्बर ५ वडा अध्यक्ष दिनेश सहानि,वडा नम्बर ३ वडा अध्यक्ष अणेन्द्रनाथ राय ,पत्रकार मेघराज गाैतम,राष्ट्रिय दैनिकककाे कार्यकारी निर्देशक उमेश कुमार बि.क,गाेबरहिया प्रहरी चाैकी इन्चार्ज सई धर्मबहादुर कुँवर लगाएतले बाेक्सि समाजमा कुनै पनि ब्यक्ति नरहेकाले यस्ता अन्धविश्वासमा नलाग्न अनुरोध गर्दै अाफ्नाे बिचार ब्यक्त गरेका थिए ।

बाेक्सि प्रथा विरुद्ध मन्चिय नाटककाे निर्देशन एबिसि नेपालकाे फिल्ड सुपरभाइजर साइदा नेसाले गर्नुभएको थियाे भने कार्यक्रम सन्चालन महेश यादवले गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित