Rashtriya Dainik

पूर्व मंत्री हृदेश त्रिपाठी ५ गते शनिवार कपिलवस्तु आउदै

कपिलवस्तु, भाद्र १

नेपाल सरकारका पूर्व मंत्री तथा स्वतंत्र राजनीतिक समुहका संयोजक समेत रहेका हृदेश त्रिपाठी यहि भाद्र ५ गते शनिवारका दिन कपिलवस्तु आउने भएका छन्l

कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ७ सतभराको समयमाता पूरम मंदिरको धर्मशालामा कार्यकर्ता भेटघाट गर्ने प्रमुख उद्देश्यका साथ कपिलवस्तु भ्रमणमा आउने भएका छन्l
कपिलवस्तु जिल्लामा स्वतंत्र राजनीतिक समूहको संगठन विस्तार र कार्यकर्ताको सुझाव सल्लाह संकलन गरी समुहलाई थप मजबुत बनाई अगाडि बढ्ने कुरा स्वतंत्र राजनीतिक समुहका सदस्य पूर्व मंत्री ईश्वर दयाल मिश्र(बिरेंद्र मिश्र) ले जानकारी दिएका छन्l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित