नवलपरासी । पछिल्ला दिनमा संचारकर्मीले समेत मनोरञ्जनको दुनियामा कदम बढाउने क्रम बढदो छ । सधै क्यामेरा र कम्प्युटरमा खेल्ने संचारकर्मी अहिले भने म्युजिक भिडियोमा समेत खेल्न थालेका छन । यसै क्रममा पश्चिम नवलपरासीलाइ कर्म थलो बनाएर संचार क्षेत्रमा काम गरिरहेका संचारकर्मी बिमल भट्टराईको पहिलो म्युजिक भिडियो भर्खरै बजारमा आउको छ । तिमी मेरो ढुकढुकी हौ बोलको आधुनिक गितको भिडियो मार्फत भट्टराइले मनोरञ्जनको दुनियामा पनी पाइला अघी बढाएका हुन । सार्वजनिक भिडियोमा विमलका अलावा, रेशम सुनारी र निशा सुनारीले समेत अभिनय गरेका छन । खेम थापाको शब्द तथा संगीत रहेको गीतलाई अर्चना भट्टले स्वर दिएकी छन् । भिडियोमा वियोगान्त प्रेम कथा झल्काउन खोजिएको छ । माया प्रेममा हुने उतार चढावलाई निर्देशक मिन रानाले गहिरो ढंगबाट प्रस्तुत गर्ने प्रयास गरेका छन । प्रेममा शंकाले पार्ने प्रभावलाई मुख्य विषय बस्तु बनाउन खोजेको निर्देशक राना बताउछन । भिडियोमा कथा र निर्देशन मिन रानाको छ भने गीत दर्पण टिभी नेपाल नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियोलाई शिखा मिडिया प्रालि ले निर्माण गरेको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

