Rashtriya Dainik

सुनवल नगरपालिकामा सुविधायुक्त औद्योगिक ग्राम बन्दै , ग्राममा शिसु स्यहार केन्द्र देखि हेल्थ डेस्कसम्मको व्यवस्था हुने

नवलपरासी , १ भदौँ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाकाले घरेलु तथा लघु उद्यमहरुलाई व्यस्थित गर्न औद्योगिक ग्राम बनाउन थालेको छ । नगरपालिकाले नगरभित्र छरिएर रहेको अव्यस्थित घरेलु तथा लघु उद्यमलाई एक ठाउँमा राखी व्यस्थित गर्न उक्त औद्योगि ग्रामको अवधारणा लिई अगाडी बढेको छ । सुनवल नगरपालिका वडा ४ स्थित ११.५ विगाहा क्षेत्रफलमा उक्त औद्योग ग्राम निर्माणका लागि कुल २६ करोड रुपैयाको डिपिआर भई निर्माण कार्य अगाडी बढाइएको छ ।

गतबर्ष संघिय सरकारबाट प्राप्त ९२ लाख रुपैयामा औद्योगि ग्रामसम्म पुग्न बाटो निर्माण गरिएको छ भने औद्योगि ग्रामलाई व्यस्थित गर्न जग्गा सम्याउने र केहि भागमा बाण्डरीवाल लगाइएको सुनवल नगरपालिका नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीले जानकारी दिए । बहुबर्षिय गौरवको आयोजनाको रुपमा रहेको उक्त औद्योगिक ग्रामको विकासका लागि यसबर्ष नगरपालिकाले ५० लाख, लुम्बिनी प्रदेशको उद्योग मन्त्रालयले २५ लाख र संघिय सरकारबाट ९२ लाख रुपैया गरि कुल १ करोड ६७ लाख रुपैया बजेट बिनियोजन गरिएको छ । उक्त बिनियोजित बजेटले औद्योगिक ग्रामको चारैतिरबाट बाण्डरीवाल सम्पन्न गरिने छ भने भित्रपट्टी बाटो बनाईने, विद्युत, खानेपानी, शौचालय, र नदीछेउमा तटबन्ध निर्माण समेतका कार्यहरु यसैबर्ष गरिने नगर प्रमुख थापाले बताए ।

यस औद्योगिक ग्रामले नगरभित्र छरिएर रहेको अव्यस्थित लघु तथा घरेलु उद्यमहरुलाई व्यस्थित गर्ने छ भने विदेशबाट फर्केका युवाहरु जग्गा अभावले घरेलु तथा लघु उद्यम गर्न असर्थ रहेकालाई जग्गा उपलब्ध हुने, युवा स्वरोजगार बढने र स्थानिय स्तरमा विभिन्न बस्तुहरुको उत्पादन बढी बजार तथा व्यवसाय समेत फस्टाउने नगर प्रमुख थापाले विश्वास व्यक्त गर्नु भयो । यो योजना नगरको गौरवको योजना रहेको छ ।

निर्माणाधिन औद्योगि ग्राममा भित्र अझै बाटोघाटोको बनाउनु पर्ने छ भने ग्रामको कार्यालय भवन, सुरक्षागार्ड भवन, विद्युत, खानेपानी, शौचालय, गेट, बृक्षारोपण र मालसमानका लागि स्टोरहरु निर्माण गर्नुपर्ने कार्य बाकी रहेको सुनवल नगरपालिकाको शहरी पुर्वाधार विकास शाखा प्रमुख ईन्जिनियर सन्तोष कुमार गैरेले जानकारी दिए ।

यि संरचनाहरु निर्माण भएपछि नगरभित्र अव्यस्थित रहेका सबै लघु उद्यम तथा घरेलु उद्यमहरुलाई उक्त औद्योगिक ग्राम भित्र व्यस्थित गराईने छ । उद्यमहरु संचालन हुँदा आर्थिक कारोबारका लागि ग्राम भित्रै स–साना बैँकहरु पनि राखिने छ भने उद्यमहरुमा काम गर्दा कुनै समस्या आएमा तत्काल प्राथमिक उपचार सेवा दिन हेल्थ डेस्पकको पनि स्थापना गरिने ईन्जिनियर गैरेल जानकारी दिए ।

त्यति मात्र होई ग्राम भित्रै महिला कामदारहरुको बालबच्चाहरुको स्यहारका लागि शिशु स्यहार केन्द्र पनि बनाईने छ । उद्यमहरुबाट उत्पादिन बस्तुहरुको प्रदर्शनका लागि ईक्जाहिबिशन सेन्टर पनि ग्राम भित्रै निर्माण गरिने डिपिआर भएको छ । यस सुविधा युक्त उक्त औद्योगिक ग्रामबाट घरेलु तथा लघु उद्यमीहरु भरपुर फाईदा लिनुका साथै आफनो उत्पादनमा बृद्धि र बजारीकरण गर्न निकै सहज हुने नगरपालिकाले विश्वास लिएको नगर प्रमुख थापाले बताए । यो औद्योगि ग्राम बनेपछि प्रदुषणहरु पनि नियन्त्रणमा आउने र वातावरण पनि स्वच्छ हुने पालिकाको विश्वास छ ।

#✍️हुसेन अन्सारी#

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित