नन्दु यादव/ भाद्र १,नवलपरासी
नेपाली भाषा साहित्यलाई विश्व स्तरमा पुर्याउने लक्ष्यका साथ नेपालमा स्थापित रहेकाे विश्व साहित्य प्रतिष्ठान नेपालले नवलपरासीमा दिपक बरालकाे अध्यक्षतामा विश्व साहित्य प्रतिष्ठान नवलपरासीकाे तदर्थ समिति गठन गरेकाे छ ।जसकाे उपाध्यक्ष राधा खत्री ,सचिवमा दिनानाथ पाैडेल ,सहसचिवमा कुशल भट्ट , काेषाध्यक्षमा नाथु क्षेत्री र सदस्यहरुमा जीवन तिवारी ,नवराज घिमिरे ,माेह्मद ईजहार शेष ,तिलक भट्टराई ,नारायण पाैडेल र नारायण शर्मा लगायत रहनु भएकाे छ ।यसै गरि सत्यदेव पाण्डे,दिपक प्रकाश लाेहनी र लक्ष्मी बर्ताैला रहेन गरि सल्लाहकार समिति समेत गठन गरेकाे छ । विश्व साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशकाे भर्चुअल मिटिङबाट गठन गरिएकाे बताईएकाे छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

