Rashtriya Dainik

लागूपदार्थ दुर्व्यसन विरुद्ध य्रालि तथा मञ्चिय नाटक र जीवन वृति याेजनाबारे छलफल कार्यक्रम सम्पन्न

महेश यादव /नवलपरासी ,१ श्रावण

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर २ मा
लागूपदार्थ दुर्व्यसन विरुद्ध य्रालि तथा मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको छ । गाेपाल किशोरी संवाद केन्द्रकाे अायाेजना तथा एविसि नेपाल स्ट्राेम फाउन्डेसनको अार्थिक सहयोग र पाल्हिनन्दन गाउँपालिकाकाे सहकार्यमा लागूपदार्थ दुर्व्यसन विरुद्ध य्रालि तथा मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको हाे ।

सवाद सहयोग समितिका अध्यक्ष नाथु खातिककाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बाेल्दै अध्यक्ष खातिकले समुदायमा लागू पदार्थ सेवन गर्ने ब्यक्तिहरुकाे संख्या दिनप्रतिदिन बढ्दै गएको छ । लागू पदार्थ सेवन तथा विक्रि वितरणमा राेक लगाउनका लागि जनचेतना जगाउनु हामी सबैकाे दायित्व पनि हाे तर समुदायमा बसाेबास गर्ने मानिसहरुले अाफु पनि सेवन गर्ने र अरुलाई पनि सेवन गर्ने बानि समेत बसाएकाे पाईएकाे छ ।तर काेराेना महामारीको विषय परिस्थितिमा संवाद केन्द्रका किशोरीहरुले स्वस्थ्य सतर्कता अपनाई लागू पदार्थ सेवन विरुद्ध य्रालि तथा नाटक मार्फत जनचेतना जगाईरहेकाे बताउदै किशोरीहरु तथा एविसि नेपाललाई धन्यवाद समेत दिनुभएको थियो ।

साे कार्यक्रम एविसि नेपालका सुपरभाइजर राजमन बरई , भाेलेन्टियर बन्दना चाैधरी , एनिमेटर पुजा गुप्ता लगाएतकाे सहभागीता रहेको थियो ।

यस्तै पाल्हिनन्दन गाउँपालिका वडा नम्बर २,५,६ र सरावल गाउँपालिका वडा नम्बर ५ मा जीवन वृति याेजना बारे अभिभावकहरु संग छलफल कार्यक्रम सम्पन्न भएको छ ।
एविसि नेपालकाे अायाेजना तथा स्ट्राेम फाउन्डेसनकाे सहयोगमा सरावल गाउँपालिका र पाल्हिनन्दन गाउँपालिकामा किशोरीहरुकाे जिवनवृति याेजना बनाउने कार्यक्रम सम्पन्न भएको हाे । जसमा शिक्षक , टेलरमास्टर र डाक्टर बन्ने लक्ष्य राखेकाे किशोर किशोरीहरुकाे जीवन वृति याेजना अभिभावक र किशोरीहरु संग छलफल गरि बनाएको थियो । साे कार्यक्रममा एविसि नेपालका सुपरभाइजर राजमन बरई र अभिभावकहरुकाे सहभागीता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित