Rashtriya Dainik

हुलाकी राजमार्ग भत्किन सुरु

महेश यादव /नवलपरासी ,३२ श्रावण

नेपालको पुर्व पश्चिम जोड्ने गरी निर्माणधिन अवस्थामा रहेको हुलाकी राजमार्ग भत्किन थालेको छ । मेचि देखि महाकाली जाेड्ने महेन्द्र राजमार्ग र दक्षिणि भेग भएर जाने हुलाकी लोकमार्ग सञ्चालन नहुँदै भत्किन थालेपछि स्थानीयलाई सास्ती भएको छ ।

सडक निर्माण कम्पनीले समयमा निर्माण कार्य सम्पन्न नगर्दा र निर्माण कार्यमा ध्यान नदिँदा अविर वर्षका कारण सडक भत्किएको स्थानीयले बताएका छन । साथै सम्बन्धित निकायले समयमा निरीक्षण नगरेकोले नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ९ प्रतापपुर पुल क्षेत्रमा सडक खण्डमा वर्षाले माटो बगाउँदा सडक भत्किन थालेको छ । यस्तै परासि देखि प्रतापपुर सम्मकाे निर्माणधिन बाटो समेत ठाउँ ठाउँमा भत्किएको छ ।

जिल्ला यातायात कार्यालयले तत्काल सडक मर्मतमा ध्यान नदिने हो भने आवत जावतमा कठिनाई उत्पन्न हुने र दुर्घटनाको सम्भावना बढ्ने स्थानीयले बताए छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित