उमेश बि.क / बुटवल , ३१ साउन
दैनिक गतिविधि कार्यान्वयन योजना निमार्ण सम्बन्धि ३ दिने तालिम बुटवलमा सम्पन्न भएको छ ।
युनाइटेड मिसन टु नेपालको अायाेजनामा रिकाेभ परियाेजना सन्चालन गर्ने चार साझेदार संस्थाका कर्मचारीहरुलाई तालिम प्रदान गरिएको हाे।
शुक्रबारदेखि सन्चालन भएको उक्त तालिमा पश्चिम नवलपरासीको सुनवल सामुदायिक बिकास केन्द्र सुनवल , इन्द्रेणी सामाजिक बिकास मन्च पन्चनगर र कपिलवस्तुकाे दलित सामाजिक बिकास केन्द्र तथा सनसाइन समाजिक बिकास केन्द्र गरि ४ साझेदार संस्थाका कर्मचारीहरूकाे सहभागीता रहेकोे थियाे ।

अाइतवार भएको तालिम समापन समारोहलाई सम्बाेधन गर्दै युनाइटेड मिसन टु नेपालको टिम लिडर सब्बु तमाङले दैनिक गतिविधि कार्यान्वयन योजना, कार्यक्रम सन्चालन गर्न मार्गदर्शन रहेको बताउनु भएको हाे। फिल्ड कर्मचारीहरु रिकाेप परियोजना सफल पार्न मुख्य जिम्मेवारी ब्यक्ति भएको हुनाले नयाँ जाेश जागर सहित काम गर्न सुझाव दिदै संस्थासंग समुदायको धेरै अनुभव भएको हुनाले यसलाई अनुभवकाे अधारमा काम प्रभारी ढंगले अगाडि बढाउन अाग्रह गर्नुभएको हाे। फिल्ड सुपरभाइजर रिकाेभ परियोजनाकाे हस्ति भएको हुनाले कार्यक्रम सफल पार्न वहाँहरुकाे हाथमा भएको कारणले कार्यक्रम संयाेजक र फिल्ड सुपरभाइजरहरुकाे काधमा ठुलाे जिम्मेवारी रहेकोले कार्यक्रमकाे लक्ष्य अनरुप काम गर्न अनुरोध गर्नुभएको थियाे।रिकाेभ परियाेजना डिजाइन गर्ने युनाइटेड मिसन टु नेपालका कपिलवस्तु टिम लिडर रुप कुमार बि.क तथा जिबिकाे पार्जन कार्यक्रम ब्यवस्थापक मेल्सन श्रेष्ठलाई धन्यवाद दिदै साझेदार संस्थालाई हरेक काममा सहयोग गर्ने प्रतिबद्धता सहित काम र कार्यक्रमकाे प्रभावकारी सफलताको शुभकामना ब्यक्त गर्नु भएको हाे।

त्यस्तै युनाइटेड मिसन टु नेपालको कपिलवस्तु टिम लिडर रुप कुमार बि.कले काेराेनाकाे कारणले जनतामा परेकाे असरलाई मध्यनजर गर्दै यश परियाेजना निर्माण गरिएकाे बताउनु भएको हाे। काेभिडबाट अर्थतन्त्र खस्किदा जनमानसमा असर पुगेकाेले लक्षित वर्गकाे जनजिवन सुधार गर्न यश परियोजनाकाे उद्देश्य रहेकाे बताउनु भएको हाे। परियोजना कर्मचारी एक अापसमा मिलिजुली कार्यक्रमलाई उद्देश्य अनरुप अनुभव साटासाट गरि प्रभावकारी ढंगले काम गर्न अनुरोध समेत गर्नुभएको हाे।
कार्यक्रममा सुनवल सामुदायिक बिकास केन्द्र सचिव ठाकुर प्रसाद खनाल ,इन्द्रेणी सामाजिक विकास मंचका अध्यक्ष बद्री प्रसाद सुबेदी,दलित सामाजिक बिकास केन्द्रका अध्यक्ष राम शरण रैदास, सनसाइन समाजिक बिकास केन्द्र अध्यक्ष कृष्ण कुमार श्रेष्ठ ,सुनवल सामुदायिक बिकास केन्द्र रिकाेभ परियोजना संयाेजक सबिना रेग्मी ,दलित सामाजिक बिकास केन्द्रका फिल्ड सुपरभाइजर चन्द्रमणि यादव ,इन्द्रेणी सामाजिक बिकास मन्चकाे फिल्ड सुपरभाइजर पुजा अाचार्य,सनसाइन समाजिक बिकास केन्द्र कपिलवस्तु रिकाेभ परियोजना संयाेजक राजेन्द्र कुमार चाैधरी लगाएतले तालिममा सिकेको अनुभव सहित अाफ्नाे मन्तब्य राख्नुभएको थियाे।

तीन दिनसम्म सन्चालन भएको तालिमको सहजिकरण युनाइटेड मिसन टु नेपालको रिकाेभ परियाेजना अधिकृत ज्याेति सेढांईले गर्नुभएको थियाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

