Rashtriya Dainik

जिल्ला DCMC को बैठक सम्पन्न

उत्तम कुमार थापा बझाङ्ग

जिल्ला म्ऋःऋ को बैठक बसेको छ । आज एक कार्यक्रमका विच जिल्ला प्रशासन कार्यालयमा बैठक बसेको हो । जिल्ला समन्वय समितिका सँयोजक खडक बहादुर खड्काको अध्यक्षतामा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी जयपृथ्वी नगरपालीका मेयर विरेन्द्र खड्का छविस पाथिभेरा गाउँपालीका अध्यक्ष अक्कल धामी जिल्ला सुरक्ष प्रमुखहरुको उपस्थीति रहेको थियो ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले विध्यार्थीहरुको पढाईमा बाधा पुगेको भन्दै सबै विध्यालयका शिक्षकहरुलाई आ आप्ःनो विध्यालयमा उपस्थित हुदै शिक्षलाई कसरी अगाडी बढाउन सकिन्छ सोचविचार गर्न अनुरोध गरिएको हो । जिल्ला अस्पतालका अनुसार पहिलेको भन्दा कोभिड नियन्त्रण भएको भन्दै डाटामा देखा परेको भन्दै अझै सुरक्षाका मापदण्ड पालना गर्दै अगाडी बढ्न अनुरोध गरिएको छ ।

अहिले सम्म जिल्लामा रहेका सवै प्रकारको कोभिड खोप करिव ४० हजारले लगाई सकेको बताउँदै अव रहेको ८ हजार डोज पनि चाडै स्थानीयमा लगाईने अस्पतालको भनाई थियो । सँगै प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीका अनुसार अव जिल्ला अस्पतालले जिल्ला प्रशासन कार्यालय बझाङ्ग लगाएत विभिन्न सेवालीने सबै स्थानमा सुरु गर्न अनुरोध गरेका हुन ।

आज बसेको बैठकले अत्याआवश्यक कामका लागी स्वास्थ्य मापदण्ड अप्नाउदै काम गर्नु पर्ने, विहान ७ बजे देखि बेलुकी साझ ७ बजे सम्म समय हेरेर पशल सञ्चालन गर्नु पर्ने, भिडभाड हुने गरि कुनै पनि कार्य नगर्ने,साझ ७ बजेपछि सबै पशल बन्द गर्ने ,जात्रा मेला पर्व विभिन्न भेडभाड हुनेगरि कार्य नगर्ने, २५ जना भन्दा बढी जन्ती भोजभतेड नगर्ने,भन्दै अव २०७५।५।१७ गते सम्म लकडाउँन थपिएको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित