रंजीत शर्मा/ नवलपरासी/ ३१ साउन ।
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा स्थानीयहरुद्वारा कार्य सम्पादनमा अवराेध पुर्याइएकाे छ ।
पालिकामा अनियमितता भएको भन्दै पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ बिजयपुरका नागरिकले नाराबाजी सहित कर्मचारीलाई कार्य सम्पादनमा अवरोध पुर्याएका हुन् ।

गाउँपालिकाको कार्यालय विजयपुर (झुलनीपुर) कायम गर्नुपर्ने, गाउँपालिकाको कार्यालयको दक्षिणपट्टि किनारामा पर्खाल लगाउनुपर्ने ,गाउँपालिकाको कार्यालयको उत्तर पूर्वपट्टिको कुनाबाट निस्केको बाटो नक्सा अनुसार हुनुपर्ने ,
गाउँपालिकाको सभाहल व्यक्तिगत प्रयोजनको लागि नभई सार्वजनिक तथा समाजिक कार्यका लागि मात्र प्रयोगमा ल्याउनुपर्ने , पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ विजयपुर (झुलनीपुर) गाउँको बाटो निर्माणका लागि यथासिघ्र बजेट निकासा गर्नुपर्ने ,गाउँपालिका भवनको निर्माणको लागत रकम सार्वजनिक गर्नुपर्ने ,गाउँपालिकामा कार्यरत कर्मचारी समयमै कार्यालयमा उपस्थित भई सेवाग्राहीलाई सेवा दिनुपर्ने आदि विभिन्न माग राख्दै कार्य सम्पादनमा अवरोध पुर्याएका हुन् ।

शनिबार राती पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ विजयपुरका नागरिकहरूले टायर बाली प्रदर्शन गरेका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

