Rashtriya Dainik

पश्चिम नवलपरासीको बर्दघाटमा भेटिए शुक्रवार बर्दियाबाट बेपत्ता भएका तीन किशोरी

रंजीत शर्मा/ नवलपरासी/ ३० साउन ।

पश्चिम नवलपरासीको बर्दघाटमा आज शनिवार बेपत्ता भएका तीन किशोरीहरु भेटिएका छन्। बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाबाट शुक्रबार बेपत्ता भएका तिन वटै किशोरीहरु आज शनिवार नवलपरासी पश्चिमको बर्दघाटमा भेटिएका छन ।

नेपालगन्ज देखी काठमाण्डौ जाने क्रममा ना ६ ख ८४४२ नम्बरको बसमा सवार ठाकुरबाबा नगरपालिका ९ का तीन किशोरीहरु सावित्री बराइली, यमुना परियार र अनिता पुन मगरलाई चिनेर बसका चालक कैलाशराम सुनारले ईलाका प्रहरी कार्यालय बर्दघाटमा बुझाएका छन ।

किशोरीहरु हराएको भन्दै उनीहरुका परिवारले अस्थायी प्रहरी पोष्ट ठाकुरद्वारमा खोजी गरिदिनका लागि निवेदन दिएका थिए । सावित्रीका दाजु पूर्णबहादुर बराईलीले प्रहरीमा दिएको निवेदनमा तीन किशोरीहरु शुक्रबार बिहानदेखि सम्पर्क विहिन भएको उल्लेख गरिएको थियो ।

उनिहरुलाई प्रहरीले खोजी गरिरहेको अवस्थामा शनिबार बर्दघाटमा फेला पारिएको र उनिहरु प्रिवारको सम्पर्कमा आइसकेकाले निजका परिवारलाई बुझीलिन प्रहरीले आग्रह गरेको र निजको परिवार आएपछी ती किशोरीहरुलाई बुझाइने जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित