नवलपरासी / ३० साउन
पश्चिम नवलपरासीमा चोरी तस्करी बढेको पाइएको छ । खुल्ला सिमाना भएका कारण जिल्लाको विभिन्न नाकाबाट चोरी तस्करी बढेको पाइएको छ । स्थानिय तस्करहरु बढि आम्दानी गर्ने उद्देश्यमा भन्सार छली भारतबाट नेपाल र नेपालबाट भारतमा विभिन्न सर–सामानको तस्करी गर्ने गरेको स्थानीय बासीले जानकारी दिएका छन्।
नवलपरासीको सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीकाे अासपासबाट विभिन्न नाकाहरुवाट तस्करी भइरहेको रहस्य बाहिर आएको छ l

सशस्त्र प्रहरी बलकाे मिलोमतोमा भुजहवा , गेरमा , परासी भई व्यापक रुपम तस्करी भईरहेको अहिले नवलपरासी जिल्ला नै चर्चाको बिषय बनेको छ ।।

सशस्त्र प्रहरीले सिमानाकामा स्वयम आफै खटि तस्करीको सामानहरुको स्कटिङ्ग गरि कटाउने गरेको रहस्य खुलेको छ । भुजहवा , गेरमा नाकामा ५ देखि ७ जना सशस्त्र प्रहरीका जवानहरु नाकामा खटेको हुन्छ तर उनीहरू छली चोरी तस्करी रोक्न लागि हैन बल्की उनीहरू बाहिरको माथिल्लो निकायका टोली न आओस र पत्रकार नदेखोस तथा एस्कटिंग गरि तस्करी गराउन कै लागि धेरै सँख्यामा सशस्त्र प्रहरी खटाई तस्करी गराईरहेको नाम नछाप्रने सर्तमा प्रत्यक्षदर्शीले बताएका छन्।
भुजहवा , गेरमा सिमानाकामा मुख्य कारोबार अहिले भारत उत्तर प्रदेशको सिमा नजिक पर्ने बरगदवा बजार , ठुठिबारी बजार, लक्ष्मीपुर बजारबाट हरियाे मटर , बोईलर कुखुरा र कपडा साथै मारवलको तस्करी चली रहेको छ l यसका अलावा इन्डियामा सस्तो परेका कारण इन्डियाबाट किराना समानहरु,कपडा,हड्वेयर, मोटर पार्ट्स, सुर्ती पदार्थ, पनि चल्ने गरेको छ l यस्तै नेपालबाट मोटर ,घरेलु चूवाइ रक्सी र सिल प्याक रक्सी,नेपाली पाइप लगायतको तस्करी भइरहेको छ l यस्तै मोटो रकम महीनवारी बुझाउदै खसी,भैसी ,राँङ्गाको रातभरी तस्करी भईरहेको स्थानीयहरुले गुनासो ब्यक्त गरेका छन्।

केही भष्ट सुरक्षाकर्मिकाे कारण पूरै सशस्त्र प्रहरी संगठन नै बदनाम हुने गरेको छ । यस सम्बन्धमा माथिल्लो निकायको ध्यान जान अति आवश्यक देखिएको छ ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

