लामो समय सम्म पत्रकारीता सगै सामाजिक सेवामा तल्लिन पत्रकार केबि राना केही दिन अघि आदिबासी जनजाती पत्रकार महासंघले प्रदान गर्ने कन्चन आवार्ड बाट सम्मानित हुनु भएको छ ।
महासंघले प्रदान गरेको रु २५ हजार रकममा आफुले २५ थप गरि ५० हजार रकम आफ्नो कर्मभुमिलाई सहयोग गर्ने रानाले घोषणा गर्नु भएको छ। बौदिकाली गाउपालिका भित्र रहेका कोभिड प्रभावित,अपाङ्ग र बिपन्न बालबालिकाका निम्ति उक्त रकम सहयोग गर्ने रानाले घोषणा गर्नु भएको हो।
१०/१२ बर्षकै उमेरमा बाल अभियान मा लागेका राना निकै लामो समय बालबालिकाको क्षेत्रमा सक्रिय रहदै आउनु भएको छ। रानाको प्रयास बाट बालबालिकाका क्षेत्रमा केही बलामैत्री योजनाहरु सफल भएका छ्न।
कोभिड महामारीको समयमा समेत प्रभावितहरुका लागि अहोरात्र खटेका रानाको चिनारी सन्चार कर्ममा मात्र सिमित छैन । जनजिविकाका सवालहरुमा,हरेक सामाजिक कर्ममा पत्रकार केबि रानाको महत्वपुर्ण योगदान रहदै आएको छ।उनको परिचय अफैमा गर्बिलो बन्दै गएको उनका सहयात्रीहरु बताउछ्न।
सानै उमेर देखि फरक सोच बोकेर अघि बढेका राना हरेक काम मा सफल भैन्छ वा भैदैन अलग कुरा हो तर कर्म निरन्तर गर्नु पर्नेमा उहाको जोड रहेको छ।
सरल अनि मिझासिलो स्वभावका रानाको दैनिक कर्म सामाजिक कार्यमा नै बित्ने गरेको छ। देवचुली टेलिभिजनक सन्चालक रानाले स्थानिय कला कौषल पर्यटन र सम्भावना बोकेका क्षेत्रहरुको प्रवर्दन र बिकासका लागि आम सन्चारका मध्यम बाट होस वा स्थानियतहले गर्ने नीति निर्माणमा समन्वयात्मक भुमिका निर्वाह गरि स्थानिय पर्यटनको प्रवर्द्धनका निम्ति उल्लेखनीय भुमिका निर्वाह गरेको देखिन्छ।
ब्यक्तिगत जीवन भन्दा सामाजिक कार्यमा बढी रमाउने राना निरन्तर यहि कर्ममा लाग्ने बताउनु हुन्छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

