मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएका दाङका अमर डाँगी नियुक्त
रूपन्देही — लुम्बिनी प्रदेश सरकारको बिहीबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले क्यान्सर, मिर्गौला तथा मुटुरोगका बिरामीलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकले प्रतिबिरामी २ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काले बताए । बैठकले खड्कालाई प्रवक्ता नियुक्तिसहित अन्य ८ निर्णय गरेको छ ।
बैठकले कोराना हटलाइन एम्बुलेन्स सञ्चालन, कोरोनाको एन्टिजेन परीक्षणका लागि घुम्ती शिविर सञ्चालन गर्ने, खोपलाई प्रभावकारी बनाउने, मातृ मृत्युदर कम गर्न लुम्बिनी प्रदेशका स्थानीय तहको मागका आधारमा एक/एक थान प्रोटेबल अल्ट्रासाउन्ड मेसिनसहित तालिमप्राप्त नर्स उपलब्ध गराउने, दाङका अमरबहादुर डाँगीलाई मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने र प्रदेश नं. ५ प्रदेश सरकार कार्यसम्पादन पहिलो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ । डाँगीले वैशाख २२ गते प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

