नवलपरासी /२१ कार्तिक पश्चिम नवलपरासीको बर्दघाटका कोरोना संक्रमित एक पुरुषको उपचारको क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको छ । अस्पतालका अनुसार बर्दघाट नगरपालिका-१ का ४७ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो । ११ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएपछि त्यसको भोलिपल्ट अस्पताल भर्ना भएका उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले पुष्टि गरे । संक्रमित पुरुष मधुमेह,उच्चरक्तचाप र पित्तथैलीसम्बन्धी दीर्घ रोगी रहेका थिए । योसँगै नवलपरासीमा कोरोना संक्रमणबाट मृत्यु हुनेकोे संख्या १६ छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।