Rashtriya Dainik

इन्स्पेक्टर वाग्लेको मृत्यु प्रकरणमा गृह मन्त्रालयद्वारा छानबिन समिति गठन

२९ साउन, काठमाडौं । सरकारले पश्चिम नवलपरासीको बर्दघाटमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर ) कपिल वाग्लेको दुर्घटनामा परी मृत्यु भएको घटनामा छानविन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित पूर्वपश्चि राजमार्गमा लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले साउन २५ गते ठक्कर दिँदा उनको मृत्यु भएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको थियो ।

तनहुँको म्याग्दे गाउँपालिका घर भएको वाग्ले इलाका प्रहरी कार्यालय बर्दघाटनमा कार्यरत थिए ।

गृह मन्त्रालयका सहसचिव सुनिल खनालको संयोजकत्वमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरी सदस्य रहेको छानविन समिति गठन गरेको हो । गठित समितिले घटनाका सम्बन्धमा स्थलगत रुपमा सत्य तथ्य छानविन गरी १० दिनभित्र प्रतिवेदशन पेश गनुपर्ने छ ।

हेर्नुहोस् विज्ञप्ति :

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित