Rashtriya Dainik

लहानमा जनबाेलिकाे लागि पत्रकारिता तालिम सुरु

महेश यादव /सिरहा, २८ श्रावण

प्रदेश नम्बर -२ काे सिरहा जिल्लाको लहान नगरपालिका वडा नम्बर -७ स्थित उद्योग बाणिज्य संघको सभाहलमा जनबाेलिकाे लागि पत्रकारिता तालिम अाज एक कार्यक्रमका विच सुरु भएको छ । नेपाल पत्रकार महासंघ सिरहा र मधेस मिडिया मिसन नेपाल केन्द्रीय कार्यलयको अायाेजनामा तीन दिने जनबाेलिकाे लागि पत्रकारिता तालिम सुरु भएको छ ।

महासंघका अध्यक्ष दिनेशवर प्रसाद गुप्ताकाे अध्यक्षतामा जनबाेलिकाे लागि पत्रकारिता तालिम सुरु भएको हाे । पत्रकार र पत्रकारिता जगतमा जनताको अावजलाई विभिन्न सुचना पत्रपत्रिका मार्फत स्थानीय तथा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनका लागि तालिम अायाेजना गरिएको हाे । जनताको हक अधिकार र गुनासोलाई समग्र जनता सम्म पुर्याई परिबर्तन सिल राष्ट्रिय निर्माणमा सहयोग गर्नका निम्ति तालिम अायाेजना गरिएकाे अध्यक्ष गुप्ताले बताए । साथै पत्रकारिता गर्न ईछुक नागरिकलाई सफल र असल पत्रकार बनाउने उदेश्यले तालिम सञ्चालन गरिएको बताउनुभएको थियो ।

कार्यक्रममा अतिथिको रुपमा मानव अधिकारकर्मी राजकुमार राउत , समाजसेवी केदारनाथ यादव,अधिकारकर्मी हरिनारायण मण्डल , पश्चिम नवलपरासीका पत्रकार द्वव्य सुरेश यादव र महेश यादव लगाएतबाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रममा ७० जना सहभागिता रहेकाे थियाे र कार्यक्रम सञ्चालन नेपाल पत्रकार महासंघ सिरहाका सदस्य बिनाेद मण्डलले गर्नुभएकाे थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित