Rashtriya Dainik

रिले केमरा र पेजरबाट पत्रकारिता गर्ने पत्रकार बानियालाई युवाहरूल गरे सम्मानित

राजन कुमार बानिया
पोखरिया २८ साउन
पर्सा को ग्रामिण क्षेत्र बाट लामो सम्य देखि ग्रामिण क्षेत्रमा रहेका पत्रकारिता गरै पिछडिएका समुदाय हरु , निमुखा जनता र अवाज बिहिन का अवाज बनेर देश र बिदेश उठाउदै अाएका पत्रकार लालबाबु बानियाले २३ अौ वर्ष पारगरी २४ अौ वर्षमा प्रबेश गरेकोमा बिहीबार एक कार्यक्रमका बिच पोखरियाका युवाहरुले सम्मानित गरेका छन। पत्रकारहरु बिरगंज सदरमुकाममा केन्द्रित रहेर रिपोर्टिङ गरिरहेको बेला पत्रकार बानियाले ग्रामिण क्षेत्रबाट लामो समय देखि पत्रकारिता गरि निश्वार्थ जनताहरुको दुखसुखमा साथ दिएकोले सम्मानित गरिएको नेपाल रेडक्रस सोसाईटी पोखरियाका शाखा सभापति भगवान कुर्मी जानकारी दिएका छन।ग्रामिण क्षेत्रमा दुईजना पत्रकार रहेको थियोे । गाउँ गाउँमा गएर गाउँ घरमा छुपेको घटना उजागर अवाज बिहिनको अवाज बनेर जनताहरु आईना बनेर जनताको दु:ख सुखमा सेवाको भावनाले हातोमालो गरेर पत्रकारिता धर्म निर्वाह गरेको मा धन्यवाद समेत सभापति कुर्मीले दिनुभएको थियोे ।त्यसतै पोखरियाका युवा नौसाद आलमले भने हामीहरु पोखरियामा पढिरहेको बेला पत्रकारिता क्षेत्रमा लालबाबु बानियाको निकै नाउँ सुनेका थिए कहिले काही बिधालय र बिधार्थी हरुको समस्या समेत उठाउने गरिरहेको थियोे । पत्रकारिता क्षेत्रमा ईमानदारीता र मेहनत लगनसिलताका कारण दु:ख सुखको सामना गर्दै यहा सम्म पुगनु भएकोमा बधाई तथा शुभकामनाको साथै अगामि दिनमा समेत जनसमुदायहरुको अवाज बिहिनको अवाज र आईना बनेर अगाडि बढन आग्रह समेत गरेका थिए। त्यसतै पोखरियाका युवा नेता मनिर आलम ले भने बिगत लामो सम्य देखि पत्रकारिता क्षेत्रमा ईमानदारीता , लगनसिलता मेहनती युवा पत्रकार अवाज बिहिन को अवाज बनेर जनताको ढुकढुकी दुखसुखमा काम गर्ने पत्रकार लाई सम्मानित गर्दा पनी कमै छ आफ्नो जान जोखिममा पारेर यति लामो समय देखि पत्रकारिता गरिरहेको बेला सरकार पत्रकारहरुको हक हितमा केही सहयोग समेत गरेको छैन। पत्रकारहरुको हकहित मा नयाँ योजना लेयाएमा समेत कहिले र कार्यनयनमा ल्याउने कुनै गरान्टी नरहेकोले युवा नेता आलमले दुख ब्यक्त गरे
सम्मान कार्यक्रममा पोखरियाका युवा राजु रौनियारले भने बिगत लामो समय देखि ग्रामिण क्षेत्र बाट पत्रकारिता गरिरहनु भएका बानिया संग पुरानो अनुभव अहिलेको युवाहरुले सिक्ने बेला आएको छ। युवा पत्रकारहरुलाई सदय मेरो सहयोग र साथ रहने बताए । कार्यक्रममा पत्रकार बानियाले आफ्नो सुरु गरेको पत्रकारिताको संछिप्त अनुभव सुनाउनु भएको थियोे पत्रकारित गर्दा पेजरबाट सुरुगरेको पत्रकारिता र ग्रामिण क्षेत्रहरुमा टेलिफोन पनि थिएन पछी पोखरिया र जानकिटोलमा भिएचएफ टेलिफोन भयो त्यस बाट फोनमा द्वेखाउने गरिरहेको थिए। प्रतेक दिन न्युज कलेकसन गरिने र फोनबाट लेखाउने नत्र हुलाकको माध्चियम बाट चिठी पत्रिका को कार्यालय मा पठाउने पठाएको चिठि तिन दिनमा कार्यालय पुगथियो।मैले १ सय पचासमा रिल भएको केमरा खरिद गरेको थिए। फोटो खिचने
र फोटो साफ गराउन भारत को सिकटा र सदरमुकाम बिरगंज पुगेर रिल साफ गराउन जादा तिन दिन पछी फोटो साफ गरेर दिने गरिरहेको थियोे । पछी माओबादी द्वन्द्व कालमा पत्रकारहरु दुईटैको सिकार हुने गरिरहेको थियो । माआबादी द्वन्द्व कालका नेपाली सेनाले पत्रकार हरु को घरमा छापामारी माओबादी हरु को सुराकि हो भनेर गर्थियो ।माओबादीहरुले पत्रकारहरुको घरमा छापामारी गरिरहेको थियो कि यो नेपाली सेनाको सुराकी हो भनेर पत्रकार हरु दुबै जनाको टार्जेटमा हुनथियो। भुमिगतको डरत्रास , अन्दोलन लगायत यसता सामना गर्दै बिहीबार यहा समम पुगे पोखरिया को युवा हरु लाई धन्यवाद समेत दिनु भएको थियोे । सम्मानित कार्यक्रम अाकास एफएम १०१.९ मेघाहर्ज पोखरियाको कार्यालयमा सम्पन भएको थियोे ।कार्यक्रममा पत्रकार सैलेश साह कानु, पोखरियाका युवाहरु उमेस यादव,टाईचन याव,शिवकुमार साह,बिकास पटेल,रामबिश्वास चौधरी ,सनि पटेल , बिपिन चौहान लगायतको सहभागिता रहेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित