कृष्णा यादव/साउन २७ गते ,वीरगंज
सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीले नै ग्रामीण भेगका विभिन्न नाकाहरुवाट तस्करी गराएको रहस्य बाहिर आएको छ l
सशस्त्र प्रहरी बल बिअोपी भिखमपुरको मिलोमतोमा जानकीटोला , पाण्डेपुर , महादेव पर्टी भई व्यापक रुपम तस्करी भईरहेको अहिले पर्सा जिल्ला नै चर्चाको बिषय बनेको छ ।।
सशस्त्र प्रहरीले सिमानाकामा स्वयम आफै खटि तस्करीको सामानहरुको स्कटिङ्ग गरि कटाउने गरेको रहस्य खुलेको छ /
जानकीटोला दसौता नाकामा ५ देखि ७ जना सशस्त्र प्रहरीका जवानहरु नाकामा खटेको हुन्छ तर उनीहरू छली चोरी तस्करी रोक्न लागि हैन बल्की उनीहरू बाहिरको माथिल्लो निकायका टोली न आओस र पत्रकार नदेखोस तथा एस्कटिंग गरि तस्करी गराउन कै लागि धेरै सँख्यामा सशस्त्र प्रहरी खटाई तस्करी गराईरहेको नाम नछाप्रने सर्तमा प्रत्यक्षदर्शीले बताएका छन्।
जानकीटोला सिमानाकामा मुख्य कारोबार अहिले भारत बिहार सिमा नजिक पर्ने इनर्वा बजार बाट कपडा धुने साबुन, बोईलर कुखुरा र कुखुराका चल्लाको तस्करी चली रहेको छ l यसका अलावा इन्डियामा सस्तो परेका कारण इन्डिया बाट किराना आईटम, कपडा,हड्वेयर, मोटर पार्ट्स, सुर्ती पदार्थ, पनि चल्ने गरेको छ l यस्तै नेपाल बाट मोटर ,मरिच, खुखुरी सिगरेट, घरेलु चूवाइ रक्सी र सिल प्याक रक्सी, पेट्रोल, डिजेल ,नेपाली पाइप लगायतको तस्करी भइरहेको छ l यस्तै मोटो रकम महीनवारी बुझाउदै भैसी ,राँङ्गाको रातभरी तस्करी भईरहेको स्थानीयहरुले बताएका छन्।
सप्ताहाको पहिलो दिन अाईतबार जानकिटोला नाका भई सशस्त्र प्रहरीको मिलोमतोमा ठुलो परिमाणमा भित्राएका अवैध कुखुराको चल्ला नेपाल प्रहरीले पक्राउ गरेपछि सो नाकावाट ठुलो मात्रामा तस्करी भईरहेको प्रमाणित भएको छ ।
सशस्त्र प्रहरीले सो नाका बाट तस्करी गराएको कुखुरा को चल्ला ईलाका प्रहरी कार्यालय पोखरिया बाट खटिएको प्रहरी टोलीले आइतबार राती ११ बजे पक्राउ गरेपछि तस्करी भएको रहस्य प्रस्ट खुलेको छ l सशस्त्र प्रहरी निरीक्षक बस्नेत लाई मोटो रकम महीनवारी बुझाउदै भैसी , रङ्गा , कुखुराको चल्ला , कुखुरा , लत्ताकपडा , हाडयेवर , मोटर , मरिच लगाएतका तस्करी भईरहेको छ
।।
शेषनाथ व्यापारीले बोईलर कुखुराको तस्करी गराइरहेका छन l एक कुखुरा व्यापारी लाई रोकेर सोधपुछ गर्दा शेषनाथका माल रहेको खुलाए l शेषनाथको कुखुरा बोकेर पुर्याउने व्यक्ति सँग सिध्दा उनले प्रहरीलाई हाम्रो लाइन रहेको प्रष्ट खुलाएका थिए /भारतमा ब्वैलर कुखुरा सस्तो र नेपालमा ४६० प्रती केजी महँगो भएका कारण शेषनाथले फाईदा उठाउदै तस्करी गराइ नेपालको जानकीटोला चौक ,महूवन चौक लंगडी चौक, डकैला चौक, सेढ्वा चौक सम्म पठाउने गरेका कारण नेपाली व्यवसायहरु मारमा परेका छन । सोही नाकामा पर्ने भारत बिहार खमीया बस्ने नस्रुदीन अंसारीले साबुनको लाईन पाएका छन l भारतमा कपडा धुने साबुन सस्तो र नेपालमा महंगो भएका कारण अंसारीले पर्सा जिल्लाको अधिकांश पसलहरुमा तस्करी गराइ पठाउने गरेका छन lयस अनुसार सिमानाकामा खटेका सशस्त्र प्रहरीले तस्करलाई सघाएर घुस लिई सरकारको राजस्व छली गर्न सहयोग गरेको प्रष्ट हुन्छ /

यस्ता भ्रष्ट इन्चार्जहरुका कारण पूरै सशस्त्र प्रहरी संगठन नै बदनाम हुने गरेको छ / यस सम्बँधमा माथिल्लो निकाय को ध्यान जान अति आवश्यक देखिएको छ / अब यो हेर्न बाकी नै छ कि प्रदेश नः २ सशस्त्रका डिआईजी चन्द्रप्रकाश गौतमले के कस्ता कार्वाही गर्लान ?
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

