Rashtriya Dainik

पाल्हीनन्दन ३ मा नवनिर्मित बहुउद्देश्यीय सभाहल उदघाटन

राष्ट्रिय दैनिक सम्बाददाता / नवलपरासी ,२७ साउन

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ३ मा नवनिर्मित बहुउद्देश्यीय सभाहल उदघाटन भएको छ।

१ करोड २७ लाखको लगानीमा बहुउद्देश्यीय सभाहल सभाहल उदघाटन गर्दै लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजाना मन्त्री बैजनाथ चौधरीले कर्मचारी, गाउँपालिका नगरपालिकाका अध्यक्ष नगरप्रमुख सदस्यहरुलाई प्रशिक्षण दिनको लागि लुम्बिनी प्रदेश सरकारले नेपालगन्जमा प्रशिक्षण प्रतिष्ठान निमार्ण गर्न लागेको जानकारी दिदै प्रदेश सरकारले शिक्षा,स्वास्थ्य खानेपानी र कृषिमा बिशेष जोड दिएर लागनी गरीएको बताउदै सामज परिर्वतन गर्नको निम्र्ती उच्च शिक्षा हासिल गर्न जरुरी रहेको मन्त्री चौधरीको भनाई छ ।

उहांँले पाल्हीनन्दन गाउँपालिका सिमवार्ती क्षेत्रमा छोरीहरुलाई स्कुल नपढाउन चलन रहेकोले गाउँपालिकाले छोरी पढाउन अभियान कार्यक्रम संचालन गर्न जरुरी रहेको बताउनुभयो ।

त्यस्तै पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता दिपकले यहाँ सभाहल निमार्ण भएपछि गाउँपालिकाको गोष्ठी सेमीनार गर्न सहज भएको बताउदै गाउँपालिका बाहेक पनि अरु संघसंस्थाहरुलाई पनि सहज भएको गुप्ताले बताए ।

लुम्बिनी प्रदेश सरकार ६३ लाख ५० हजार र पालिकाको ६३ लाख ५० हजार गरी कुल १ करोड २७ लाखको लागनी बहुउश्यिय सभाहल निमार्ण गरिएको हाे ।

कार्यक्रममा गाउँपालिकाको वडान ३ का वडाअध्यक्ष गोधन हरिजन, लेखापाल संन्जय शर्मा लागायत आफनो धारण राखेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित