Rashtriya Dainik

आधारभुत स्वास्थ परियोजनाद्वारा सुनवल नगरपालिकालाई स्वास्थ सामाग्री वितरण

पुरन अधिकारी / नवलपरासी

इन्द्रेणी सामाजिक विकास मञ्च र फेयरमेड फाउन्डेसनको साझेदारीमा सञ्चालित अाधारभुत स्वास्थ्य परियोजनाले एक कार्यक्रमको अायोजना गरि करीब उनन्तीस हजार मुल्य बराबरको स्वास्थ्य सामाग्री सुनवल नगरपालिकालाई हस्तान्तरण गरेको छ।

सुनवल नगरपालिकाको परिसरमा अायोजित उक्त कार्यक्रममा आधारभुत स्वास्थ्य परियोजनाका स्वास्थ्य परिचालक बसन्त सापकोटा द्वारा पल्स अक्सिमिटर,ग्लोब्स,शु कभर,पिपिई,डिसइनफिसेन्ट लगायतका स्वास्थ्य सामाग्री सुनवल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृण्ण प्रसाद न्यौपाने लाई हस्तान्तरण गर्नुभएको हो।

कोभिड नियन्त्रणका लागि प्रभावकारी मानिएका यी स्वास्थ्य सामाग्रीको उपयोगले नगरबासीलाई केही हदसम्म भए पनि कोभिड नियन्त्रणमा टेवा पुग्ने नगर स्वास्थ्य शाखाको भनाइ रहेको छ भने अाधारभुत स्वास्थ्य परियोजनाले गरिब -विपन्न तथा सिमान्तकृत ,गर्भवती महिला एवं उण्ण प्रदेशिय उपेक्षित रोगहरु (कुश्ठ रोग/हात्ती पाइले रोग) का विरुद्ध अाफ्ना कार्यक्रमहरु सन्चालन गर्दै अाइरहेको परियोजनाका स्वास्थ्य परिचालक बसन्त सापकोटाले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित