Rashtriya Dainik

नवलपरासीका उखु किसानले पनि अझै पाएनन ३ करोड भुक्तानी

नवलपरासी , २६ साउन ।

नवलपरासीका उखु किसानहरु अझै पनि ३ करोड रुपैया भुक्तानी पाएका छैनन ।

किसानहरु विगत ४ बर्षदेखि बाकी रहेको उक्त ३ करोड रुपैया बक्यौता भुक्तान नपाएपछि पिरमर्कामा परेको बताउछन् । जिल्लामा रहेको लुम्बिनी चिनी मिलबाट १ करोड ८० लाख र ईन्दिरा सुगर ईन्डष्ट्रिज प्रालीबाट १ करोड २० लाख रुपैया गरि कुल ३ करोड रुपैया किसानहरु भुक्तानी पाउनु पर्ने छ । तर यसको भुक्तानी दिलाउन नत्र प्रशासन कार्यालयले पहल गरिरहेको छ नत्र कुनै सम्बन्धित निकायले नै चाँसो देखाई रहेको उखु उत्पादक कृषक संघका अध्यक्ष उमेशचन्द्र यादवले गुनासो गरे ।

लामो समयदेखि उखुको भुक्तानी नपाएका किसानहरुलाई अहिले घर–व्यवहार मिलाउन धौधांै भैरहेको छ । कोभिड–१९ को माहामारी र लकडाउनका कारण किसानहरु पनि आर्थिक संकटमा छन् । खेतीपाती गर्न किसानहरु साहु महाजन कहाँबाट ऋणधन गरि खेतीपाती गरे । अहिले किसानहरुको घरमा पैसा छैन । घर व्यवहार मिलाउन सजिलै कसैबाट सापटी वा ऋण पनि पाईरहेको अवस्था छैन ।
सुनवल नगरपालिका २ निवासी उखु किसान ज्ञानचन्द्र यादव भन्छन ‘‘मैलेपनि लुम्बिनी चिनी मिलबाट ४ लाख रुपैया भुक्तानी पाउनु पर्ने छ तर दिएको छैन । यस्तो अवस्थामा हामी किसानहरुलाई कसरी घर–व्यवहार मिलाउन समेत समस्या परिरहेको उनले दुखेसो पोखे ।”

जिल्लामा बागमति खाडसारी चिनीमिल, ईन्दिरा सुगर ईण्डष्ट्रिज, लुम्बिनी चिनि मिल गरि ३ ठुला चिनी मिल छन् तर विगत ३ बर्षदेखि ईन्दिरा र लुम्बिनी चिनी मिल संचालनमा छैनन् । मिल संचालकहरुले विगत तिनबर्षदेखि लुम्बिनी र ईन्दिरा सुगर मिल पनि नचलाउने र किसानहरुलाई भु्क्तानी दिन पनि आलटाल गर्दै आएको संघका अध्यक्ष यादवले जानकारी दिए । संघका अध्यक्षका अनुसार ईन्दिरा र लुम्बिनी चिनि मिलको गरि १८ करोड बक्यौता रकम मध्ये १५ करोडसम्म भुक्तानी गरिसकेका छन् तर अझै पनि ३ करोड रुपैया भुक्तानी दिन आलटाल गर्दै आएको आरोप लगाए । चाडै उखुको भुक्तानी नपाए हामी पनि आन्दोलनमा उत्रिने चेतावनी दिए ।

विगतमा उखु खेती साढे ७ हजार हेक्टर क्षेत्रफलमा हुदै आएको थियो तर भुक्तनीमा ढिलाईका कारण उखु खेती क्रमशः घटदै गएको छ । किसानहरु वि.स. २०६४ सालमा साढे ७ हजार हेक्टर क्षेत्रफलमा उखु खेती गरि ३२ लाख क्विन्टल उखु उत्पादन गरेका थिए तर अहिले ढिलो भुक्तानी र उखु प्रति किसानहरुको नैरस्यताका कारण उखु खेती घटदै हाल ५ हजार हेक्टर क्षेत्रफल झरेको र उखु १० लाख क्वीन्टल उत्पादनमा सिमित भएको छ । १४ बर्षको अन्तरालमा करिब ४ हजार विगाहा क्षेत्रफलमा उखु खेती घटेको संघले जनाएको छ ।

जिल्लामा लुम्बिनी चिनि मिल, ईन्दिरा सुगर ईण्डष्ट्रिज, बागमति खाडसारी चिनी उद्योग गरि ३ ठुला उद्योगहरु छन तर यि तिनै उद्योगहरु उखु उत्पादन बढाउन तथा कृषक प्रोत्साहनका लागि उखु क्षेत्रमा कुनै लगानी तथा कार्यक्रमहरु गरेको पाईदैन उल्टै किसानको समयमा भुक्तानी नदिई थप निराश बनाउने कार्य गर्दै आएको किसानहरुको आरोप छ । यस्तै जिल्लामा १०० बढि भेली क्रसरहरु पनि संचालनमा छन तर ति भेली क्रसरहरु पनि सरकारले निर्धारण गरेको समर्थन मुल्य नदिई किसानको बाध्यात्मक अवास्थको फाईदा उठाउदै उखुमा घौटतौली समेत गर्ने गरेको पाईन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित