राजन बानिया/बिरगंज २६ साउन
पर्सा जिल्लाको छिपहरमाई गाँउपालिका अध्यक्ष मनोज गुप्ताले जिल्लामै आफनो पालिका व्यवस्थित रहेको दावी गरेका छन । एक एफ.एममा कुरा गर्दै प्रमुख गुप्ताले प्रत्येक दिन गाँउपालिकालाई समय दिएको बताउनुभयो । उहाँले जनताको कामको लागि आफु २४ घण्टा खटिरहेको समेत बताएका थिए । एमाले पर्साका सचिव समेत रहेका गुप्ताले जिम्मेवारी बढे संगै कामको चापको चाप पनि बढेको बताएका थिए ।
गुप्ताले शिक्षा र स्वास्थ्यलाई बिशेष प्राथमिकता राखेर काम गरेको बताउनुभयो । उहाँले शिक्षा बिकाशको लागि प्रत्येक बिद्यालयमा व्यवस्थापन समिती गठन गरिएको बताए । निजि श्रोतबाट २५ जना बढि शिक्षक नियुत्त गरिएको, नवगावा टोलमा प्राबिधिक शिक्षा संचालन भइरहेको बताए । गुप्ताले गाँउपालिकाको प्रत्येक वडामा सडक ढलान,नाला निर्माण सम्पन्न भईसकेको बताए । उहाँले पालिकामा हाल ३ वटा एम्बुलेन्स संचालन भएको जानकारी दिनुभयो ।
कानुनी जटिलताका कारण प्रधानमन्त्री रोजगारी कार्यक्रमका केहि रकम फ्रिज भएको बताउदै बिकाश बजेटको रकम फ्रिज नभएको दावी गर्नुभयो । गुप्ताले बिकाश बजेट फ्रिज नहुने बरु १८ नम्बर बुदाँको प्रयोग गरी अग्रीम दुई चार करोड को बिकाश हुने गरेको बताए । उहाले साढे तिन बर्ष सम्म कुनै योजनामा कमिशन नलिएको दावी गर्दै कमिशन लिएको प्रमाणित भए राजनितिबाट सन्यास लिने ठोकुवा समेत गर्नुभयो ।
कोभिड नियन्त्रणमा आफनो पालिकाले महत्वपुर्ण काम गरेको दावी गर्नुभयो । उहाँले कोभिड संक्रमितको निशुल्क उपचार , आईसोलेशन निर्माण, अक्सिजन सहितको अस्पताल निर्माण जस्ता काम गरिएको बताउनुभयो ।
छोरी बिमा योजना देशमै आफनो पालिकाले शुरुवात गरेको र मेरो योजनाको नक्कल प्रदेशले गरेको र त्यो पनि सफल गर्न नसकेको आरोप लगाउनुभयो । जिल्लामै आफनो गाँउपालिकाले साईकल बाड्ने अभियान संचालन गरेको बताउनुभयो । उहाँले गरिब दलित समुदायको उत्थानको लागि ग्यास सिलिण्डर बितरण बितरण गरेको बताए । उहाँले अरु पालिकाले महँगोमा बितरण गरेको ग्याँस सिलिण्डर आफुले ग्यास चुल्लो सहित ५४०० सयमा बितरण गरिएको जानकारी दिनुभयो । तालिमको नाममा व्यापक भ्रष्टाचार हुने गरेको बताउदै आफनो पालिकाले तालिम गोष्ठी जस्ता शिर्षकमा बजेट नहालेको बताए । उहाँले तालिमको बजेट बिकाश निर्माणमा खर्च गर्ने गरेको बताए । नदि नियन्त्रण गाँउपालिकाको मुख्य समस्या भएको बताउदै नदी नियन्त्रणको लागि आफु लागि परेको बताए ।
प्रदेश २ सरकार जनताको म्यानडेड अनुसार काम गर्न नसकेको नेता गुप्ताले आरोप लगाउनुभयो । साढे चार बर्ष बित्दा पनि प्रदेश २ सरकारबाट पर्सा जिल्लामा कुनै गतिलो काम नभएको बताए । प्रदेश सरकारले स्थानिय तहलाई बजेट दिन अनावश्यक दुख दिने गरेको बताए । उहाँले प्रदेशका मन्त्रीले बजेट दिन राजनितिक बारगेनीङ्ग गर्ने गरेको आरोप लगाए । प्रदेश सरकारले ६ हजार पर्ने साईकल १२ हजारमा खरिद गरी व्यापक भ्रष्टाचार गरेको आरोप लगाउनुभयो ।उहाँले असफल मुख्यमन्त्रीका कारण प्रदेश सरकार असफल भएको बताए ।
उहाँले पार्टीमा देखिएका कमी कमजोरी सच्चाएर अघि बढने समेत जानकारी दिनुभयो । उहाँले अब पार्टीलाई गतिशिल तरिकाले अघि बढाईने समेत बताउनुभयो ।
माधव नेपालको कारण बहुमत प्राप्त ओली नेतृत्वको सरकार ढलेको बताउनुभयो । ओली सरकारले गरेको काम लिएर जानतामा जाने बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

