Rashtriya Dainik

मोटरसाईकलको ठक्करबाट घाईते प्रहरी निरिक्षक वाग्लेको निधन

नवलपरासी ,२६ साउन

मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते प्रहरी निरिक्षक कपिल वाग्लेको निधन भएको छ।

पश्चिम नवलपरासीको बर्दघाटमा राती साढे आठ बजे तिर तिव्र गतिमा हुईकिएको मोटरसाईकलको ठक्करबाट वाग्ले गम्भिर घाइते भएका थिए। उनको राती ११ बजे भैरहवा स्थीत युनिभर्सल मेडिकल कलेजमा निधन भएको हो।

ईलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत कपिल वाग्लेलाई सोमबार सांझ पुर्व पश्चिम महेन्द्र राजमार्गको बर्दघाटको त्रिवेणी चोक नजिकै पैदल हिंडिरहेको अवस्थामा लु १४ प ८७५८ नं. को मोटरसाईकलले ठक्कर दिएको थियो।

मोटरसाईकलको ठक्करपछि अत्यन्त गम्भिर घाईते भएका वाग्लेको स्थानिय प्राथमिक उपचार केन्द्रमा उपचार पछि भैरहवा स्थीत युनिभर्सल मेडिकल कलेज ल्याईएको थियो।

ईलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार बाग्लेलाई ठक्कर दिने मोटरसाईकल चालक सुनवल नगरपालिका वडा नं. १ का दिपेन्द्र पुन मगर पनि गम्भिर घाईते छन् ।

उनको पनि भैरहवा स्थीत युनिभर्सल मेडिकल कलेजमा उपचार भई रहेको प्रहरीले जनाएको छ।

काठमाडौंकाे बसुन्धाराका स्थायी बासिन्दा वाग्ले प्रहरी निरिक्षकबाट नेपाल प्रहरीमा प्रवेश गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित