प्रिन्स मिश्रा , बहादुरगंज
दैनिक रूपमा संक्रमित बढ्दै गएपछि कोरोना भाइरस रोकथामको लागि बहादुरगन्जका युवाहरू ले नयाँ तरिका अपनाएका छन । ‘तपाईको मास्क खै भन्दै बहादुरगन्जका युवा सुशील गुप्ता, बद्रे आलम, मकबुल जीलानी लगायतका युवाहरू सडकमा उत्रिएका छन ।
बहादुरगन्जको विभिन्न ठाउँहरूमा प्लेकार्ड सहितको र्याली आयोजना गरि सन्देश मुलक सूचना प्रवाह गर्दै मास्क नलगाई हिंड्ने जो कोही व्यक्तिलाई ‘तपाईको मास्क खोइ ? भन्दै मास्क समेत वितरण गर्ने गरेको सुशील गुप्ताले बताएका छन ।
कोरोना भइरसबाट जोगिनका लागि मास्क लगाउनु पर्छ भन्ने सन्देस दिँदै मास्क वितरण गर्ने गरेको युवा बद्रे आलमले बताएका छन ।
भौतिक दुरी कायम राख्नुका साथै घर बाहिर निस्किदा मास्कको प्रयोग गरी आफु र आफ्नो परिवारलाई सुरक्षित गराउन युवाहरू ले आग्रह समेत गरेका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

