Rashtriya Dainik

जनता माविमा २ दिने निशुल्क शिविर सहित कृषि तथा पशु क्लिनिक उदघाटन

तुलसी राम पौडेल /अमवा, श्रावण २४
रुपन्देहीको सियारी गाउपालिका -७ पश्चिम् अमवा बजार स्थित जनता माविमा दुइ दिने निशुल्क शिविर सहित कृषि तथा पशु स्वास्थ क्लिनिक आइतबारदेखि शुरु भयो ।जनता माविले विद्यालयमा पठनपाठन हुँदै आएको पशु तथा बालि विज्ञान विषयको प्राविधिक शिक्षालाई सहयोग पुर्‍याउने उद्देश्यले दुई दिने शिविर सहित कृषि तथा पशु स्वास्थ्य क्लिनिकको शुरुवात गरेको हो।सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारूले गोबरको नमूना परिक्षण गर्दै सो कार्यक्रमको उदघाटन गर्नुभयो।
सो अवसरमा बोल्दै अध्यक्ष थारुले गाउपालिकाले कृषि र पशु क्षेत्रलाई प्रहिलो प्राथमिकता राखेको बताउनु भयो ।साथै जनता माविको यस किसिमका उदाहरणीय कार्यलाई गाउपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झपेन्द्रराज अर्यालको अध्यक्षता, गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक सुमित भुसालको स्वागत मन्तव्य ,विद्यालयका प्रधानाध्यापक ॠषिराम घिमिरेको संचालनमा सम्पन्न कार्यक्रममा डा टिकाराम खनालले कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो ।
२ दिनसम्म चल्ने उक्त शिविरमा पशु र वालि बिज्ञान सम्बन्धि रोगको उपचार ,नमुना परिक्षण गर्नुको साथै आवश्यक परामर्श दिइने विद्यालय व्यवस्थापन समितिका सदस्य अविराम विकले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित