उमेश बि.क / नवलपरासी ,२४ साउन
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ स्थिति एैतिहासिक ककरपत्त नगर जावामा नव निर्मित सभाहलको उदघाटन गरिएको छ ।
संघीय संसद विकास कोषको आर्थीक सहयोगमा निर्माण भएको उक्त सभाहलको आज एक कार्यक्रमका बिच प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कण्डेलले उदघाटन गर्नु भएको हो ।

संसद विकास कोषबाट १ कराेड ५ लाख र गाउँपालिकाबाट १० लाख गरि कुल १ कराेड १५ लाख रुपैयाको लागतमा हल निर्माण भएको माननीय कण्डेलका स्वकीय सचिव कमल किशोर रायमाझीले राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको हाे ।

काेलबृक्ष पर्यटन बिकास संस्था अध्यक्ष नरेन्द्र प्रसाद चाैधरीकाे अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कण्डेलकाे प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा नव निर्मित सभाहल उदघाटन गर्दै सांसद कण्डेलले भवन निर्माण संगै विभिन्न कार्यक्रम तथा खेलकुदमा सहज हुने बताउनु भएको हाे । आधुनिक सुविधासहितको हलले विभिन्न कार्यक्रम सन्चालन गर्न सहजता भएको भन्दै पर्यटन प्रवर्द्धन तथा यश क्षेत्रकाे बिकासमाअाफु लागि परेको कुरामा जाेड दिनुभएको थियो । नवलपरासीलाई समृद्ध नवलपरासी निर्माणकाे लागि विभिन्न बिकास निर्माणका काम भइरहेको बताउदै नवनिर्मित सभाहलकाे प्रत्यक्ष लाभ स्थानीय जनता ,जनप्रतिनिधि ,सेवाग्राही तथा कर्मचारी उठाउदै यसकाे सुरक्षामा ध्यान दिनु पर्ने बताउनुभएकाे हाे। समग्र वडाको विकासका लागि सरकारले स्थानीय पालिकाहरुलाई सिंहदरबारका अधिकारहरु प्रदान गरेको बताउँदै उनले यसका लागि दत्तचित्त भएर जनप्रतिनिधिहरु लाग्न अनुरोध गर्नुभएको हाे। हरेक बिकास निर्माणका कार्यमा हातेमालो गर्दै जनअपेक्षा अनुसार अाफु काम गरिरहेकाे र गाउँपालिकाले पनि उदाहरणीय काम गर्दै गइरहेकोले अाफुबाट चाहिने सहयोग र साथकाे लागि हमेशा तत्पर रहने प्रतिबद्धता ब्यक्त गर्नुभएको हाे। साथै नवनिर्मित सभाहल उदघाटन भएकोमा सम्पुर्ण वडाबासिलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै विकास निर्माणमा सबैको हातेमालो आवश्यक रहेको बताउदै नवनिर्मित भवनको संरक्षण र सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै पालिका अध्यक्ष राधेश्याम चाैधरीले ‘कुनै सार्वजनिक सभा सम्मेलन गर्नु प¥यो भने खुल्ला आकासमुनि खुल्ला चौरको विकल्प नै थिएन । कुनै सार्वजनिक सरोकारका महत्वपुर्ण छलफल गर्न प¥यो भने पनि चौरमा गर्नु पर्ने बाध्यता थियो ।’ तर यो बाध्यता अहिले टरेको छ । ‘खुल्ला चौर र खुल्ला आकाश मूनि कार्यक्रम गर्दा हावाहुरी र असिनापानीले बिथोलीदिने गर्थ्याे । जावा पर्यटकीय क्षेत्र भए पनि यहाँ सभाहल बन्न नसकेको कारण धेरै समस्या झेल्न पर्थ्याे –‘अब त घामपानी, हावाहुरी असिनापानी जे आए पनि कुनै मतलव छैन । सभाहल छँदैछ ।’ अध्यक्ष चाैधरीले सांसद कण्डेलकाे प्रशंसा गर्दै बहुउद्देश्यीय सभाहललाई यस क्षेत्रका स्थानीयले ठूलो उपलब्धी र सम्पतीका रुपमा लिएकाे बताएका हुन ।

नव निर्मित सभाहल उदघाटन कार्यक्रम अन्तर्गत सरावल २ मनरीका नेशनल च्याम्पियन तथा राष्ट्रिय कृतिमान बनाएको भाराेत्ताेलन खेलाडी राजु चाैधरी तथा वडा नम्बर २ अत्रहटी रिमाेट कन्ट्रोल कार बनाएरका अादित्य थारुलाई सम्मान गरिएको हाे।

कार्यक्रममा स्याङ्जा जिल्लाकाे संविधानसभा सदस्य शंकर पाण्डेय, नेपाली काङ्ग्रेस केन्द्रीय संगठन विभाग सदस्य माेहन प्रसाद शर्मा ,केन्द्रीय शिक्षा बिभाग सदस्य राधेश्याम पाठक,सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा राय,अादिवासि जनजाति जिल्ला अध्यक्ष देवराज चाैधरी ,नेपाली काङ्ग्रेस जिल्ला सदस्य देवराज भण्डारी ,प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेल,नेपाली काङ्ग्रेस सरावल गा.पा सभापति बिनाेद कुमार पाण्डेय लगाएतका ब्यक्तीहरुको सहभागिता रहेको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

