Rashtriya Dainik

प्रसौनी र अमरपर्टी नाकावाट भित्राएको अवैध चल्ला गणको टोलीद्वारा बरामद : रातभरी हुन्छ भैसी , चल्लाको तस्करी

कृष्ण यादव/बिरगंज २४ गते अाईतबार
सशस्त्र प्रहरी बल बिअोपी र अमरपर्टीको मिलोमतोमा भैसी , राङ्गा र कुखुराको चल्लाको व्यापक रुपमा तस्करी शुरु भएको समाचार प्राप्त भएको छ।

विश्वब्यापी रुपले बढदै गएको नोबेल (कोभिड -१९ ) नियन्त्रणको लागि सरकारले वीरगंज भन्सार बाहेक अन्य नाका सिल गरि पुर्णरुपले अावतजावतमा रोक लगाएपनि सिमानाकामा खटिएको सशस्त्र प्रहरीको मिलोमतोमा पर्साको ग्रामीण भेगका प्रसौनी र अमरपर्टि नाकावाट भैसी कुखुरा , चल्लाको तस्करी भईरहेको प्रत्यक्षदर्शीले बताएका छन्।

सिमानाका मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीले नाकामा अग्रपंतीमा डियुटी खटिरहे पनि केही पैसाको प्रलोभनमा परि अाफ्नो जिम्मेवारी वाट पंछिएको कारणले गर्दा प्रसौनी र अमरपर्टि नाकावाट भैसी , राङ्गा , कुखुराको चल्ला , हाडयेवर , लत्ताकपडा लगाएतको सामानहरुको व्यापक रुपममा तस्करी भईरहेको समाचार प्राप्त भएको छ।

प्रसौनी र अमरपर्टि नाका भई ६ वटा साईकलमा लोड गरि भित्राएको ३८४० गोटा कुखुराको चल्ला
सशस्त्र प्रहरी नायब उपरीक्षक निर्मल थापाको कमाणडमा खटेएको टोलीले वीरगंज महानगरपालिका वडा नम्वर १९ बार्वा टोलवाट ६ वटा साईकलमा भित्राएको कुखुराको चल्ला बरामद गरि नष्ट गरेको छ।यसले प्रमाणित हुन्छ कि यी नाकाहरु वाट व्यापक रुपमा रातभरी तस्करी भईरहेको छ।

यी नाकाहरु वाट नेपाल वाट भारत मोटर, पेस्ट , छोकडा , कबाड र भारतवाट नेपाल तर्फ भैसी , राङ्गा , कपडा , कुखुराको चल्ला लगाएतका सामानहरु अवैध रुपले भित्राएको कारणले लाखौं रुपैयाको भन्सार छलि भईरहेको छ।यस्ता गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान यति अावशयक देखिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित