प्रिन्स मिश्रा / बहादुरगंज कपिलवस्तु
नागरीक आरोग्य केन्द्र कृष्णनगरको उत्प्रेरणामा कृष्णनगर वडा नं ९ बहादुरगन्जमा याेग समिति गठन गरिएको छ ।
नागरीक आरोग्य केन्द्र कृष्णनगरका कविराज डाक्टर नागेश्वर प्रसाद मिश्राको उत्प्रेरणामा १२ सदस्यीय योग समिति गठन गरिएको हो ।
कार्यक्रममा बाेल्दै डाक्टर मिश्राले निराेगी बन्नका लागि नियमित याेग अभ्यास जरूरी रहेकाे र व्यक्तिगत मानसिक एवं शारीरिक शान्ति र स्वास्थबिना देशकाे विकास र समृद्धि सम्भव नभएको निष्कर्ष निकाल्दै याेगप्रति मानिसकाे आकर्षण बढ्दाे छ । आयुर्वेद चिकित्सा पद्धतिले रोगीको उपचार भन्दा स्वास्थ्य व्यक्तिको स्वास्थ्य रक्षा पक्ष लाई धेरै महत्व दिन्छ चिकित्सा पद्दतिले रोग लागी सकेपछिको उपचार अनि शारीरिक पक्षलाई धेरै महत्व दिन्छ ।
योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धिकरण र अध्यात्मिकतामा ध्यान दिंदै मानव शक्ति अनि चित्तको सकारात्मक महत्व दिन्छ । योगलाई केवल व्यायाम मात्र नभई जीवनको आधार, दर्शन मानिएको समेत मिश्राले व्याख्या गर्नुभयाे ।
कार्यक्रममा याेग प्रशिक्षक आकाश गुप्ता , समितिका संयोजक अरबिन्द सिंह, अध्यक्ष भैभव प्रताप शाह , शिक्षक जंग बहादुर शाही, समाजसेवी निर्भय सिंह लगायतले योग बारे बोल्नु भएको थियो ।
भोली सोमबार देखि योग कक्षा संचालन हुने योग प्रशिक्षक आकाश गुप्ताले जानकारी दिनुभएको छ ।
संयोजकमा अरबिन्द कुमार सिंह , अध्यक्षमा वैभव प्रताप शाह, उपाध्यक्षमा रेशम थापा , कोषाध्यक्षमा चन्द्र किशोर मिश्रा, सचिवमा प्रिन्स मिश्रा , सदस्यमा अवधेश चौधरी, विजय यादव, समर मोदनवाल , प्रताञ्जल मिश्रा, राजकपुर गुप्ता , विकास ठाकुर, विकास मोदनवाल, संरक्षकमा वडा अध्यक्ष राममिलन चौधरी , जंग बहादुर शाही , कविराज नागेश्वर प्रसाद मिश्रा लगायतकाे सदस्यतामा योग समिति गठन भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

