Rashtriya Dainik

भारतलाई अन्तिम दिन जितका लागि १५७ रन चाहिने

काठमाडौँ/ २४ साउन ।
आइसीसी वर्ल्ड टेष्ट च्याम्पियनसिप अन्तर्गत भारत र इंग्ल्याण्डविचको पहिलो खेलमा भारतले पकड बनाएकाे छ ।

चाैथाे दिनकाे खेल सकिँदासम्म भारत निकै बलियाे स्थितीमा पुगेकाे छ । भारतले इंग्ल्याण्डबाट जितका लागि दुई सय नौ रनको लक्ष्य पाएको छ । दोस्रो पारीमा इंग्ल्याण्ड तीन सय तीन रनमा अलआउट भएपछि भारतले सामान्य लक्ष्य पाएको हो ।
पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले पहिलो पारीमा एक सय ८३ रन बनाएको थियो ।

जवाफमा भारतले पहिलो पारीमा दुई सय ७८ रनमा अलआउट भएको थियो ।त्यसपछि दोस्रो पारी सुरु गरेको इंग्ल्याण्डले कप्तान जोय रुटको शतकको मद्दतले तीन सय तीन रन बनायो ।
उसका साम कुरानले ३२, जोनी ब्रेस्टोले ३०, डोम सिब्लेले २८ रनको योगदान गरे ।

अब भारतलाई यो लक्ष्य पक्ष्याउनका लागि अझै पुरै एक दिनको समय बाँकी रहेको छ ।उसका ओपनर लोकेश राहुल २६ रन बनाएर आउट भएका छन । क्रिजमा रोहित शर्मा १२ र चेतेश्वर पुजारा १२ रनमा खेलिरहेका छन ।

अब भारतलाई पाँचौ तथा अन्तिम दिन जितका लागि एक सय ५७ रनमात्र चाहिएको छ । उसकाे हातमा अझै ९ विकेट बाँकी रहेका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित