Rashtriya Dainik

परासीकाे स्थानीय बासि र व्यापारीहरु अान्दाेलित

महेश यादव /नवलपरासी ,२२ श्रावण

पश्चिम नवलपरासीको सदरमुकाम परासीकाे स्थानीय बासि र व्यापारीहरु अान्दाेलित भएका थिए । परासी स्थित बजार तिर जान मुख्य सडक समयमै नबन्दा स्थानीय बासि र व्यापारीहरु अान्दाेलित भएका थिए ।परासी बजारकाे मुख्य सडक समयमै नबन्दा विगत सात वर्षदेखि सास्ती खेप्नुपरेको बताउदै परासीका स्थानीय बासि र व्यापारीहरू रामग्राम वडा नम्बर ५ काे वडा कार्यलय अगाडि टेन्ट लगाएर धर्ना बसि अान्दाेलन गरेका थिए ।

यस विषयमा पटकपटक अान्दाेल गरेतापनि केही सुनवाइ नभए र मानिसहरुलाई अावतजावत तथा स्वासप्रस्वासमा समेत समस्या भएको स्थानीय बासि र व्यापारीहरुकाे गुनासो रहेको थियो ।

साे समस्या समाधान र सडक समयमै निमार्ण गर्नकाे लागि सहायक प्रमुख जिल्ला अधिकारी ,रामग्राम नगरपालिकाका उपप्रमुख, रामग्राम नगरपालिका र उधाेग वाणिज्य संघ नवलपरासीलाई बाेधार्थमा राखेर ज्ञापन पत्र समेत अाज बुझाएका छन् ।साथै एकहप्ता भित्रै निमार्ण कार्य सुरु नभएमा याे भन्दा पनि कडा र चरण बद्ध रुपमा अान्दाेल गर्ने चेतावनी समेत दिएका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित