Rashtriya Dainik

भारतबाट अबैध रूपमा ल्याउदै गरेको रागा सशस्त्र प्रहरीद्वारा बरामद

संजय कुशवाहा /नवलपरासी २१ साउन

पश्चिम नवलपरासी जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले ९ वटा रागा ( पाडा) नियन्त्रण लिएको छ ।

बिहीबार बिहान ३ बजेको समयमा प्रतापपुर गाउँपालिका वडा न.५ बैदौली पुल स्थित  भारतबाट नेपालतर्फ भन्सार छली अबैधरुपमा लग्दै गरेको अन्दाजी १ लाख ८० हजार मुल्य बराबरको ९ वटा रागा (पाडा ) सशस्त्र प्रहरी वि ओ पि गुठी परसौनीबाट सशस्त्र प्रहरी निरीक्षक संतोष खरेलको नेतृत्वमा खटिएकाे मोबाइल गस्ती टोली नियन्त्रणमा लिन सफल भएको हो ।

उक्त रागा डोरेयाउदै ल्याउदै गर्दा सशस्त्र प्रहरी टोलीलाई देखि रागा छाडी मानिस भागेका थिए । नियन्त्रणमा लिइएकाे रागा (पाडा) भन्सार कार्यालय महेशपुर पठाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित