Rashtriya Dainik

काश्मीरबाट धारा ३७० हटेपछि विकासकाे लागि उदार भारत सरकार

अजय मिश्र/कृष्णनगर , साउन २१ । कृष्णनगर बार्डर सटेकाे भारतीय बजार बढ्नीमा राष्ट्रिय एकताकाे लागि एउटा संस्थाद्वारा विचार गाेष्ठी राखिएकाे थियाे ।
नेपाल-भारत दुवै देशका बुद्धिजीवी ,संचारकर्मीलाई समेट्ने गरि आयाेजन गरिएकाे कार्यक्रममा भारत सिमा क्षेत्रमा अमन चाहेकाेले राजेंद्र सिंह सेवा संस्थानले गाेष्ठी आयाेजन गरेकाेमा वाक्ताहरुले बधाई दिदै सिमादेखि सटेकाे बढ्नी बजार अवस्थित आर्य कन्या बिद्यालयमा चियापानसंगै शुरु भएकाे कार्यक्रममा भारत सरकारका विभिन्न एतिहासिक फैसलाहरु बारे पनि चर्चा गरेका हुन ।
भारतले राष्ट्रिय एकता र अखण्डतालाई मजबुत बनाउनका लागि नै काश्मीरबाट धारा ३७० र ३५ए हटाएकाे समाजसेवी वाक्ता राजेश चन्द शर्माकाे भनाई थियाे । अहिले भारत सरकारले कश्मिरकाे सर्वांगीण बिकासका लागि विगतका दिन भन्दा बढी लगानी गरेकाे छ भने त्यहांका युवायुवती लक्षित स्वाराेजगार तालिमहरु पनि निरन्तर दिदै आएकाे वाक्ताहरुले बताए ।
मेडिकल कालेज स्थापना , विश्वविद्यालयमा भर्ना लगायत सरकारी ठेकाहरुमा पारदर्शिता पनि हुँदै आएकाे छ भने स्थानीय स्तरमा समाजिक बिकासलाई विशेष जाेड दिएकाे भारतीय पत्रकार अजय गुप्ताकाे भनाई थियाे ।
कार्यक्रममा एसएसबी पदाधिकारी ,राजनितिक दलका प्रतिनिधि , संचारकर्मी लगायत समाजिक तथा प्रशासनिक बुद्धिजीवीकाे उपस्थिति थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित