Rashtriya Dainik

चितुवाको छाला सहित तीनजना पक्राऊ

बबिता मण्डल / साउन २१

प्युठान जिल्लाको प्युठान नगरपालिका वडा नं ८ बाग्दुलामा चितुवाको छाला सहित तीनजना पक्राऊ परेको छन् ।

सृजना होटलको प्राङ्गणमा अवैध चितुवाको छालाको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा लुम्बिनी प्रदेश अनुसन्धान समुहको टोली र ईलाका प्रहरी कार्यालय विजुवार प्यूठानको संयुक्त प्रहरी टोलीले रातको समयमा छापा मार्दा तीनजना पक्राऊ परेका छन् ।

पक्राऊ पर्नेमा प्युठान झिम्रुक गाउँपालिका वडा नं १ बस्ने २९ वर्षिय अभिनास पुन , सरुमाराणी १ बाङ्गेशाल बस्ने ३२ वर्षिय छविलाल परियार ,दाङ राजपुर १ बस्ने २८ वर्षिय इन्द्र बहादुर खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

उनीहरूको साथबाट झोलामा पलास्टिक भित्र लुकाई राखेको अवस्थामा लम्बाई ६ फिट ६ इन्च चौडाई २ फिट २ इन्च चितुवाको कालो , सेतो ,खैरो रंगको छालासहित नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय प्युठान कानुनी कारबाही अगाडि बढाउन लागिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित