Rashtriya Dainik

सुस्तामा १२ वटा त्रिपाल सहयोग

महेश यादव /नवलपरासी ,२१ श्रावण

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर -५ द्बारा त्रिपाल सहयोग गरिएको छ । वडा नम्बर ५ काे वडा कार्यलयकाे सहयोगमा १२ वटा समुहलाई १२ वटा त्रिपाल सहयोग गरिएको हाे ।

संवाद किशोर किशोरी संजालले काेराेना महामारीको विषम परिस्थितिमा बालबालिकाकाे पढाइलाई निरन्तरता दिनका लागि सञ्जालका किशोर किशोरीहरुले सञ्चालन गरेको हाेमकाेचिङ्गमा बस्नलाई १२ वटा समुहलाई १२ वटा त्रिपाल वडा कार्यलयले सहयोग गरेको सञ्जालकि अध्यक्ष रिमा कुमारी काेहारले बताउनुभएको हाे ।

साे त्रिपाल समुहलाई हस्तान्तरण गर्दै वडा नम्बर -५ का वडा अध्यक्ष प्रभुनाथ यादवले सरकारले गर्न नसकेको काम सञ्जालका किशोर किशोरी भाईवहिनुहरुले बालबालिकाकाे शिक्षा लाई मध्यनजर गर्दै हाेमकाेचिङ्ग सञ्चालन गरि पठनपाठन गराईरहेकाेमा खुसि ब्यक्त गर्नुभएको थियो । साथै किशोर किशोरीहरुले गरेको याे याेगदान लाई हेरेर राम्रो संग बसेर पठनपाठन गर्न मिलाेस भनी यहाहरुकाे १२ वटा समुहलाई १२ वटा त्रिपाल सहयोग गरिएको बताउनुभयो । उहाँले किशोर किशोरी र एविसि नेपाल सगै एविसि नेपालका सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद समेत दिएका थिए ।

साे अवसरमा वडा नम्बर -५ का वडा सचिव करन बहादुर दर्लामि , एविसि नेपालका सुपरभाइजर संजित शर्मा , भाेलेन्टियर विना गाहा मगर लगाएतकाे उपस्थितिमा त्रिपाल सहयोग गरिएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित