अर्घाखाँची जिल्ला छत्रदेब गाउपालिका वडा न :१ चिदिकामा जन्मिएका सुभाष ज्ञवालीले कर्मथलोको रुपमा काठमाण्डुलाई बनाएपनि हरेक परिस्थितिमा आफ्नो जन्मगाउँ सङ्ग बिगतका बर्षहरुदेखि नै जाेडिराखेका छ्न् । दुख होस वा सुख होस् जुनसुकै परिस्थितिमा पनि आफ्नो गाउँघरसङ्ग जोडीएर सामाजिक कार्यहरुमा दिनरात लागीपरेका छ्न ।
गाउँमा कसैको घरगोठ तथा भौतिक सम्पति क्षति हुदा होस् वा गाउँमा covid -19 को उच्च जोखिम हुदा स्वास्थ सामाग्री पठाएर पनि किन नहोस हरेक समय आफ्नो गाउँको दुखसुखमा साथ दिन हरदम तयारि रहन्छन् ।
काठमाण्डु रहेर पनि हरेक विशम परिस्थितिमा गाउँ फर्किन चाहने ब्यक्तिहरुलाई समन्वय र सहजीकरण गर्ने वा कोहि बिरामि भएर अस्पताल भर्ना हुदा समेत आफै अस्पताल पुगेर सान्त्वना दिने तथा आवश्यकता अनुसारको सहयोग गरिरहन्छ्न ।
पछिल्लो समय आफ्नो जिल्लाका विभिन्न बिरामीहरुको लागि पनि चिदिका बिपद ब्यबस्थापन नामक कोष खडा गरि विभिन्न मनकारि ब्यक्तित्वहरुद्वारा संकलित भएको रकम दीन दुखिहरुको हात हातमा पुर्याउदा आफुलाई मानव हुनुको सार्थकता महसुस गर्दछ्न ।
पछिल्लो समय छ्त्रदेब गाउपालिका जन्मघर भइ चन्द मा बि चिदिकामा अध्ययनरत पुर्व विद्यार्थी अम्बिका भुसालको छोराको दुबै मृगौला फेल भइ लामो समयदेखि काठमाण्डुमा उपचाररत बिरामि हिमाल भण्डारि बचाउ अभियानमा समेत लागिरहेका छ्न । निज बिरामीको उपचारमा थप रकम आवश्यक पर्ने भएकोले सिदै आफुलाई ९८५७०३७१४२मा सम्पर्क गरेर पनि जोडीनुहुन मनकारि ब्यक्तिहरु समक्ष अनुरोध गरेका छ्न ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

