Rashtriya Dainik

र्मिजापुरवाट गाई , भैसी र मदिराको व्यापक रुपमा तस्करी शुरुभए पनि कार्यबाहि कस्ले गर्ला…?

कृष्ण यादव /रगंज १९ साउन
ग्रामिण भेगका सिमानाकामा रहेका सशस्त्र प्रहरी र प्रहरी चौकी र्मिजापुरको सहयोगले व्यापक रुपमा रङ्गा , भैसी, मदिरा तस्करी भईरहेको समाचार प्राप्त भएको छ।

सिमानाकाका मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल बिअोपी र्मिजापुरको मिलोमतोमा मदिरा रङ्गा, भैसीको व्यापक रुपमा तस्करी भईकरहेको प्रत्यक्षदर्शीले बताएका छन्।

, सशस्त्र प्रहरी निरीक्षक कृष्ण अधिकारी र ई नाकामा रहेका प्रहरी चौकीका ईन्चार्जहरु मिलेमतोमा भलुवहीया, मिर्जापुर, टिउकि, भेडिहर्वा,बुढगाई नाका बाट तस्करी व्यापक रुपमा तस्करी भईरहेको स्थानियहरुले बताएका छन्।

त्यसै गरि मिर्जापुर चौकीका हवल्दार रघुवीर यादवको मिलेमतो रक्सि भठ्ठि संचालनमा रहेको छ भने सो भठ्ठीवाट निर्माण भएको मदिरा सिमानाकामा रहेको सशस्त्र प्रहरी र प्रहरीको मिलोमतोमा नेपाल वाट भारत तर्फ तस्करी भईरहेको नाम नछाप्ने सर्तमा एक तस्करले जनाएको छ।

सशस्त्र प्रहरी निरीक्षक अधिकारी अाफु माथिल्लो निकायका हाकिमहरुको नजिकैको रहेको भन्दै भैसी तस्कर र मदिरा तस्करहरुवाट रकम असुल्लने गरेको स्रोतले जनाएको छ।

सशस्त्र प्रहरी २ नम्बर प्रदेश प्रमुख चन्द्रप्रकाश गौतमले सिमानाका हुने भन्सार चोरी पैठारीमा कडाई गरेको दाबि गर्दै अाएपनि ऊनको मातहत नै रहेको सशस्त्र प्रहरी निरीक्षक अधिकारीको मिलोमतोमा तस्करी भईरहदा पनि चुप लागेर बस्नुको कारणले उनी माथि पनि शंकाको बिषय बन्दैछ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित