Rashtriya Dainik

मोबाइल किन्ने भनेर आएको युवा मोबाइल चोरी गरी फरार; तीन घण्टा पछि पक्राऊ

विनय मित्र/ नवलपरासी/ १९ साउन ।

मोबाइल किन्ने भनेर आएको मोबाइल चोरी गरी फरार भएको ३ घण्टा पछि पक्राऊ परेको छ।

पश्चिम नवलपरासीको पल्हिनन्दन गाउँपालिका वार्ड नं ३ बेलासपुर स्तिथ सहिमा मोबाइल केयर सेन्टरमा आज साँझ ६:२० बजे मोबाइल किन्न भनेर आएको युवा मोबाइल चोरी फरार भएको थियो।

युवाले पसल साहुलाई बेवकुफ बनाउँदै रियल मी -३ प्रो (Real me-3pro) किन्छु भनेर हेर्न लागेको मोबाइल चोरी गरेर फरार भएको थियो।।

चोरी गरी फरार भए पछी पसलमा लागेकाे सीसीटीवी क्यामेराको तस्बिरको सहयोगबाट प्रहरिले ३ घण्टाको प्रयास पछी चोरी युवालाई पक्राऊ गरीएको थियो।

घटनाको थप अनुसन्धान भइरहेको तथा चोरी गर्ने युवालाई प्रहरि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित