रंजीत शर्मा/ नवलपरासी/ १९ साउन।
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउपालिका वार्ड नं ०५ गेरमामा हनुमानको मुर्ति संगै मन्दिर स्थापना भएको छ।
हिन्दू धर्म अनुसार भगवान रामको दूत मानिने हनुमानको मुर्ति स्थापना गरी मन्दिर बनाइएको छ। आज पाल्हिनन्दन गाउँपालिकाको वार्ड नम्बर ०५ को गेरमा हुँदै सिसवा,पाल्ही भगवती मंदिर ,विष्णुपुराको ठाकुर मंदिर हुँदै हरदी,गेरमी हुँदै गेरमाको मंदिर प्रांगड सँगै बिभिन्न धार्मिक स्थलको पूजन गरी मुर्तिको स्थापना गरीएको स्थानिय सुनिल गुप्ताले राष्ट्रिय दैनिकलाई जनाएका छन्।

मुर्ति तथा मन्दिर स्थापनामा स्थानीय समाजसेवी बैजनाथ कुर्मीको सहयाेग तथा निज कै हात नव निर्मित हनुमान मन्दिरमा मुर्तिको स्थापना एवं उदघाटन गरिएको हो ।
कार्यक्रममा समाजसेबी रामानन्द तिवारी ,राजेन्द्र गुप्ता , प्रेमसागर चौधरी शिवकुमार रौनियार,रामबहादुर कुर्मी लगायतका सम्पूर्ण गेरमा गाँउबासीको सहभागिता रहेको थियो। 

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

