मुक्ती तिवारी /नवलपरासी ,२० कार्तिक संविधान सभा सदस्य तथा नेपाली काङ्ग्रेसका नेता बिक्रम खनाल र उहाकी धर्मपत्नी रमा खनालमा कोरोना संक्रमण पुष्टि भएको छ। सामान्य ज्वरो आएपछी स्वाब परिक्षण गरिएकोमा बिहिबार रिपोर्ट पोजेटिभ आएको नेता खनालले जाकारी दिनु भयो।सामान्य ज्वरो देखिए पनि आफुहरुमा अन्य कुनै किसिमको स्वास्थ्य सम्स्या भने नरहेको उहाले जानकारी दिनुभयो।आफुहरु हाल स्वास्थ्य मापदण्ड अपनाई होम आईसोलेसनमै रहेको नेता खनालले बताउनु भयो। कोरोना कहरको यो विषम परिस्थितिमा आम जनसमुदायहरु सुरक्षित रहदै हरेक गतिविधि हरुमा स्वास्थ्य साबधानी अपनाउन समेत उहाले आग्रह गर्नुभयो।संक्रमित आम नागरिकको उपचारमा राज्य गम्भीर भएर अगाडी बढ्नु पर्ने बताउदै यसबाट राज्य कदापी पन्छिन नमिल्ने उहाले बताउनु भयो।उपचारको अभावमा संक्रमित भै स्वास्थ्य समस्या भएकाहरुले अकालमै मृत्युबरण गर्नु पर्ने अवस्था निकै बिडम्बनापुर्ण रहेकोले सबै नागरिक आफ्नो सुरक्षामा आफै सचेत रहन समेत उहाले आग्रह गर्दै आफुहरु छिटै नै संक्रमण मुक्त हुने बिस्वास व्यक्त गर्नुभयो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।