रंजीत शर्मा/ नवलपरासी १९ साउन ।
पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वाड नं ०२ हरपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकसहित ३ जना गम्भीर घाइते भएका छन्।
परासीबाट महेशपुर आउँदै गरेको लु ३३ प ५९० नम्बरको हिरो होन्डा मोटरसाइकल महेशपुर देखी परासी जाँदै गरेको युपी ५३ एल ०१९३ नम्बरको भारतीय हिरो होन्डा मोटरसाइकल एक आपसमा ठाेकिदा दुर्घटना भएको हो।

लु ३३ प ५९० नम्बरको मोटसाइकल चालक गम्भीर रूपमा घाइते भएको छ भनें भारतीय मोटरसाइकल चालक सहित एक महिला समेत घाइते भएको छ।
घाइतेलाई थप उपचारका लागि जिल्लाको पृथ्वीचन्द्र अस्पताल परासीमा पठाएको तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

