जाजरकोट । जाजरकोटमा जनप्रतिनिधिबाटै एक जना सर्वसाधारण कुटिएका छन् । जाजरकोटस्थित जुनीचाँदे गाउँपालिका– २ का वडा अध्यक्ष रामबहादुर नेपालीले एक युवकलाई डोरीले बाँधेर कु’ट’पिट गरेका हुन् ।
सोमबार वडाध्यक्ष नेपालीसँग दमाईले आफ्नो छोराले पाउने बाल पोषणको रकम माग गरेका थिए । त्यसपछि विवाद हुँदा नेपालीले दमाईमाथि कु’ट’पिट गरेको बताइएको छ ।

युवकलाई नाङ्गो बनाएर कु’ट’पिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त भिडियो राख्दै वडाध्यक्षमाथि कारबाहीको माग गरिएको छ ।
जुनीचाँदे गाउँपालिका उपाध्यक्ष शिवा आचार्यले गरिब नागरिकका छोराछोरीमाथि कु’ट’पिट गरी हात खुट्टा बाँधेर शक्ति देखाउने जनप्रतिनिधिमाथि कारबाही हुनुपर्ने बताइन् ।
वडा अध्यक्षले ती युवकमाथि किन कु’ट’पिट गरेका हुन् पुरै विवरण खुल्न सकेको छैन । वडा अध्यक्ष नेपालीसँग सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन । वडा अध्यक्ष नेपालीले योभन्दा पहिला गाउँपालिकाका स्वास्थ्य सहसंयोजक यज्ञेश्वर बस्नेतलाई पनि कुटेका थिए
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

