१९ श्रावण, २०७८ काठमाडौं
जल तथा मौसम पूर्वानुमान महाशाखाले गण्डकी र प्रदेश नम्बर २ बाहेकका अन्य प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । मंगलबार दिउँसो प्रदेश १, बागमती , गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको हो । यस्तै अन्य स्थानमा पनि सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यसैगरी राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। दिउँसो जस्तै राति पनि प्रदेश नं १,बागमती, गण्डकी र लुम्विनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। महाशाखा अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

