Rashtriya Dainik

ब्यवसाय शुरू तथा सुधार सम्बन्धी सात दिने तालिम सम्पन्न

युके ऐड नेपालको सहयोगमा पिपुल इन निड र आसमान नेपालको सहकार्यमा सञ्चालित आरम्भ परियोजना अन्तर्गत आफ्नाे ब्यवसाय शुरू तथा सुधार सम्बन्धी सातदिने तालिम आज बाराको सुवर्ण र देवताल गाउपालिकामा सम्पन्न भएको छ ।उक्त तालिममा १५ देखि १९ वर्षका विद्यालय बाहिर रहेका किशोरीहरूलाई ८ महिना पठनपाठन गराई उनीहरूको जीविकोपार्जनका निम्ति उक्त तालिमको आयोजना गरिएको डा विरेन्द्र सिंहले जानकारी दिए ।

तालिममा व्यपार गर्दा ध्यान दिनु पर्ने कुरा मूल्य निर्धारण, बजारीकरण लगायतका विषयमा प्रशिक्ष्ँण दिएको थियो । १४ जना किशोरीहरूको सहभागिता रहेको तालिममा शान्ता सुनार, विपाशा चौधरीले प्रशिक्ष्ँण दिएका थिए भने रमेश जैसवाल र धर्मेन्द्र चौरसियाले सहजीकरण गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित