राजन कुमार बानिया/पर्सा ,१८ साउन
पर्साको धोबिनी गाउँपालिका को वाड नं ४ लंगडी चौकमा अाज एक कार्यक्रमका बिच बि ,एल , ठाकुर मेमोरियल हेल्थ किल्निकको उदघाटन गरिएको छ। बि,एल,ठाकुर मेमोरियल हेल्थ किल्निक लंगडीको उदघाटन वडा सदस्य कमल ठाकुरले पुजापाठ र फिता काटेर उदघाटन गर्नु भएको थियो। बि ,एल, मेमोरियल हेल्थ किल्निक संचालक जेनरल फिजिसियन एम बि बि एस डाक्टर शुशिल कुमार ठाकुरले संचालन गरेका हुन। यो क्षेत्र हरु मा एमबिबिएस डाक्टर भएको किल्निकहरु नरहेकोले अाफ्नो गाउँ ठाउँमा स्वास्थ्य सेवा सहज उपचार दिन संचालनमा ल्याएको हो।यस क्षेत्रका बाट उपचार गराउन सदरमुकाम बिरगंज र भारत तरफ जनता हरु लाई जानु परिरहेकोले सो को मध्यनजर गरि अाफ्नै गाउँ ठाउँ लंगडी चौकमा किल्निक संचालन गरिएको डाक्टर शुशिल ठाकुरले बताए ।यो किल्निक बाट यस क्षेत्र का जनता हरु लाई पैसा र समय को बचत हुने साथै अाफ्नै गाउँमा ठाउँमा सहज उपचार हुने बताए । थोरै रकममा राम्रो स्वास्थ्य सेवा दिने डाक्टर ठाकुरले प्रतिबधाता समेत गर्नु भएको थियोे । यो किल्निक मा चेकजाच,अौषधी ,ल्याब ,र एक्सरेको ब्यवस्थापन गरिएको छ । उदघाटन कार्यक्रम मा डाक्टर रामशिष ठाकुर , धोबिनी गा.पा को वाड नं ४ का वडा अध्यक्ष मजिद मियाँ ,पुर्व ईन्जिनियर रामएकबाल साह तेली, पंडित केदार पाण्डे , पानालाल साह , बिरेन्दर ठाकुर ,संजय ठाकुर लगायतका सहभागिता रहेको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

