Rashtriya Dainik

सशस्त्र प्रहरी बल बिओपी सबैठवाको मिलोमतोमा व्यापक रुपमा तस्करी शुरु-माथिल्लो निकाय मौन :कार्यबाही कस्ले गर्ने

कृष्णा यादव
वीरगंज १७ श्रावण

सशस्त्र प्रहरी बल बिओपी सबैठवाको मिलोमतोमा गाई , भैसीको व्यापक रुपमा तस्करी शुरु।

सशस्त्र प्रहरी बल सबैठव बिओपी प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक प्रकाश भुजेलको मिलोमतोमा बडका गाऊ , खेस्राहा नाका भई भारतवाट नेपाल भित्राईका गाई , भैसीहरु लहावरथकरी गाऊको बाटो प्रयोग गरि पोखरीया, डकैला बहुअरी , जगरनाथपुर हुँदै परवानीपुर बजार सम्म पुर्‍याउने गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

सशस्त्र प्रहरीले प्रत्येक गोटा भैसीको ५०० देखि १००० रुपैया सम्नको दरले रकम असुली गरि दिन्हु १०० को सख्यामा सो नाकावाट नेपाल भित्राईरहेको नाम नछाप्ने सर्तमा एक सशस्त्र प्रहरीको सिपाहीले बताएका छन्।।

स्रोतकोले जनाएको अनुसार सशस्त्र प्रहरी निरीक्षक भुजेलले अाफ्नो माथिल्लो हाकिमहरुको नाऊमा भैसी व्यापारीहरु शीत लाखौं रुपैया असुली गरि तस्करीको लाईन दिएको एक तस्करले बताएका छन्।

विगत केही दिन पहिला सबैठवा नाका भई नेपाल भित्रईका १४ वटा भेसी मध्ये १० वटा भैसी अमरपर्टी र ४ वटा भैसी सशस्त्र प्रहरी बल बिअोपीले पक्राउ गरेको थियो यसले प्रमाणित हुन्छकी सबैठवा नाकावाट व्यापक रुपमा तस्करी भईरहेको छ।
सशस्त्र प्रहरी बल २ नम्बर प्रदेश प्रमुख एवम डिअाईजी चन्द्रप्रकाशले अाफु ईमन्दार भएको दाबी गरेपनि उनको मातहत रहेका सशस्त्र प्रहरी बल बिअोपी सबैठवाका प्रमुख एवम प्रहरी निरीक्षक भुजेलले तस्करहरु संग मोटो रकम असुली गरि तस्करीको लाईन दिएपनी केही कार्यबाही नगरेको हुनाले उनी माथि माथि पनि शंकाको बिषय बनेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित