राष्ट्रिय दैनिक / नवलपरासी ,२० कार्तिक पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका केहि कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाको सेवा ६ दिनका लागी बन्द गरिएको छ । गाउँपालीकाका एक जना कर्मचारीकाे काेराेना संक्रमणबाट मृत्यु भएपछि त्रासकाे वातावरण सृजना भएको हाे। केही कर्मचारीमा काेराेना पाेजेटिभ पुष्टि भएसंगै कन्ट्रायक ट्रेसिङ्ग कार्य अगाडि बढाउदै पाेजेटिभ भएको कर्मचारी हाेम अाइसाेलेसन र उपचारत रहेको र गाउँपालिका सेनिटाइज गर्नुपर्ने भएकोले कार्तिक २५ गते सम्मको लागि सेवा बन्द रहने गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले जानकारी दिनुभएको छ। काेराेना भाइरसकाे संक्रमण तिब्र रुपमा बढ्दै गइरहेको हुनाले पालिकाबासिलाई सुरक्षाका उपाय अवलम्बन गर्न अध्यक्ष गुप्ताले अनुरोध समेत गर्नुभएको हाे। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।