Rashtriya Dainik

ड्युटीमा खटिएका प्रहरीमाथि पारश शाहले गरे दुर्व्यवहार

काठमाडौं । पूर्व युवराज पारस शाहले ड्युटीमा खटिएका प्रहरीमाथि दुर्व्यवहार गरेका छन् । शुक्रबार साँझ महाराजगञ्जस्थित नारायणगोपाल चोकमा हेल्मेट नलगाएर मोटरसाइकल चलाएको देखेपछि प्रहरीले रोकेर सोधपुछ गर्न खोज्दा शाहले प्रहरीमाथि नै अभद्र व्यवहार गरेका हुन् ।

सार्वजनिक भिडियोमा प्रहरीले चौकीमा जानका लागि उनलाई आग्रह गरेको देखिन्छ । तर, शाहले आफू कतै नजाने भन्दै धम्कीपूर्ण शैलीमा प्रस्तुत् भएका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित