Rashtriya Dainik

जनप्रतिनिधिको चरम लापरवाहीको कारण नगरपालिकाको अवस्था दिनप्रतिदिन दयनिय बन्दै

पर्सा, १५ श्रावण / जनप्रतिनिधिको चरम लापरवाहीको कारण पर्साको पोखरीया नगरपालिकाको अवस्था दिनप्रतिदिन दयनिय बन्दै गएको छ ।

नगरवासीहरले नगरप्रमुखमा युवा व्यक्तिलाई चयन गरी पोखरीयाको विकासमा आमुल परिवर्तन गर्ने अपेक्षा गरेको भए पनि निर्वाचित जनप्रतिनिधिहरु जनताका आकांक्षा र भावना विपरित भ्रष्टाचार र अनियमिततामा लाग्न थालेपछि पोखरीयाको शिक्षा, स्वास्थ्य र विकास निर्माण लथालिङ्ग भएको छ ।

नगरप्रमुख दिपनारायण रौनियार नगरवासीको अपेक्षा विपरित भ्रष्टाचार र अनियमिततामा फसेपछि अहिले उनलाई आफ्नै राजनीतिक गुरु राजकुमार यादवले समेत साथ छोडेको बर्षौ भई सकेको छ ।

युवाले आमुल परिवर्तन गर्न सक्ने अपेक्षा सहित आफूले दिपनारायण रौनियार मन्टुलाई नगरप्रमुखमा चुनाव लडाएर जिताएको भए पनि मन्टु जनभावना विपरित हिड्न थालेपछि आफ्नो टिमले साथ छाडेको यादवले बताउनु भयो ।

अहिले नगर प्रमुख सहितका जनप्रतिनिधिहरुको लापरवाहीको कारण पोखरीयाको जिल्ला उच्चांगल मावि, पोखरीया अस्पतालको विजोग भएको छ भने पोखरीया नगर क्षेत्रमा विकास निर्माणको नाममा नगरपालिकाले गरेका काम गुणस्तरहिन भएको भन्दै नगरवासी आक्रोशित भएका छन् ।

जनप्रतिनिधिहरु अनियमितता र कमिशनमा फस्दा पोखरीयामा बनेका सडकहरुले उदाहरण देखाएका छन । युवा जोश जागरका साथ दुई दुई जना सांसद भई सकेका व्यक्तिलाई हराएर नगर प्रमुखमा निर्वाचित भएका दिप नारायण रौनियारले पोखरीयाको विकासलाई द्रुतगतिमा अगाडी बढाउने अपेक्षा विपरित उल्टो गतिमा नगरलाई हिडाएको आरोप पोखरीयाका स्थानियवासीले लगाएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित