नवलपरासीमा बिहिबार मात्रै ४१ जना काेराेना संक्रमित थपिए

राष्ट्रिय दैनिक / नवलपरासी ,२० कार्तिक

पश्चिम नवलपरासीमा बिहिबार मात्रै ४१ जना संक्रमित थपिएका छन ।

कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेकाेले बिहीबार मात्रै १२ जना महिला र २९ जना पुरुष गरी थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको सरावल गाउँपालिकामा २ जना,बर्दघाट नगरपालिकामा १३ जना,रामग्राम नगरपालिकामा २० जना र सुनवल नगरपाकिलामा ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । आज थपिएका संगै जिल्लामा संक्रमितको संख्या १ हजार ८३ पुगेको छ ।

सुनवल नगरपालिका वडा नम्बर ३ का २६ वर्षीय पुरुष, वडा नम्बर ४ का २८ वर्षीय पुरुष, वडा नम्बर ५ का २२ र १९ वर्षीय पुरुष, वडा नम्बर ९ का ८७ वर्षीय पुरुष र वडा नम्बर ८ को ६१ वर्षीय महिला रहेका छन् ।

रामग्राम नगरपालिका वडा नम्बर २ की १९ वर्षकी किशोरी र २९, ५७, २२ वर्षका महिला, वडा नम्बर ३ का ४१ वर्षीय पुरुष, वडा नम्बर ९ का वर्ष ३५, ४९ का पुरुष, वडा नम्बर ११ का ४० वर्षीय पुरुष, वडा नम्बर १२ का वर्ष ४०, ४९, २२, ३९, २३, ३२, ३४, ३६ का ८ जना पुरुष, वर्ष २७ की महिला, वर्ष १४ का बालक, वडा नम्बर १४ की २७ वर्षीय महिला, वडा नखुलेको वर्ष ७० का १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै बर्दघाट नगरपालिका वडा नम्बर २ का २२ वर्षीय पुरुष, २६ वर्षीय महिला, वडा नम्बर ४ की २८ र ४५ वर्षीय महिला, वर्ष १ का बालक, वडा नम्बर ७ का ७६ वर्षीय बृद्ध, वर्ष २९ र ३७ का पुरुष, वडा नम्बर ९ का वर्ष २८ का पुरुष, वडा नम्बर नखुलेको वर्ष १७, ४८ का महिला, र वर्ष ३१, ५१ का पुरुष रहेका छन् । 

सरावल गाउँपालिकाको वडा नम्बर १ का ४३ वर्षीय पुरुष, वडा नम्बर २ का २६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । जिल्लाबाट पिसिआर परिक्षणका लागि पठाईएका मध्ये ५७ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । पश्चिम नवलपरासीमा संक्रिय संक्रमितको संख्या ३ सय ३० रहेको छ ।

हालसम्म जिल्लामा १५ जना कोरोना संक्रमितको मृत्यु भएको कार्यालयले जानकारी दिएको छ । कोरोना संक्रमण फैलदै गएपनि आवश्यक सावधानी भने अपनाईएको छैन् । जसका कारण झनै जोखिम बढेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot